arrow

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा, जिल्ला तर्फ श्रेष्ठ

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
ghosana-shabha.jpeg
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष पदमा विराटनगरका उद्योगी किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उद्योग संगठन मोरङ विराटनगरमा आईतबार पूर्व अध्यक्षहरु विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्य सहितको उपस्थितिमा प्रधानले वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । 
 
उद्योग संगठन मोरङका पूर्वअध्यक्षसमेत रहेका प्रधानले उम्मेदवारी घोषणाका लागि औपचारिक कार्यक्रमको आयोजना गरेका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष मुकेशकुमार उपाध्यायले प्रधानलाई वरिष्ठ उपाध्यक्षको रुपमा अगाडि सारिएको संस्थागत घोषणा गरे । 
 
सोही स्थानबाट म्याग्दीका अर्का उद्योगी प्रमोद श्रेष्ठले जिल्ला÷नगर संघको तर्फबाट उपाध्यक्षको उम्मेदवार घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित उपाध्यक्षले आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्न पाउने प्रावधान रहेको छ । 
 
कार्यक्रममा बोल्ने वक्ताहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने परिपाटीको थालनी गर्दा पनि यसमा अस्वस्थ प्रतिस्पर्धा नरोकिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले विधानमा वरिष्ठ उपाध्यक्षलाई प्रदेश प्रतिनिधिले पनि भोट हाल्न पाउने व्यवस्था गरिएको भएपनि प्रदेश संरचना नरहेकोले कसरी विधान अनुरुप निर्वाचन गर्ने भन्ने तर्फ पनि चासो व्यक्त गरेका थिए । 
 
स्वतः अध्यक्ष बन्ने परिपाटीको त्यहाँ उपस्थित पूर्व अध्यक्षहरुले भने पहिले नै विरोध जनाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ