arrow

भारी मतका साथ शिक्षक संघ मकवानपुरमा आए अधिकारी

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
nepal-teacher.jpeg
हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा रामकुमार अधिकारी भारी मतसहित निर्वााचित भएका छन् । आईतबार सम्पन्न मतगणनामा अध्यक्षमा रामकुमार अधिकारी ८२८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका प्रतिष्पर्धी मदन लामिछानेले २०० मत ल्याएका छन् । 
 
उपाध्यक्ष महिला सावित्री अधिकारी ७५६ र प्रतिद्वन्दी शान्ती भट्ट खरेल २३१ मत, उपाध्यक्ष खुल्ला गणेशप्रसाद हुमागाई ७४३ र प्रतिद्वन्दी राम आशिष मण्डल २५० मत, सचिव विदुर थापा ६९२ र प्रतिद्वन्दी गोविन्द पोख्रेल ३०७ मत, सहसचिव अर्थ पुरुष केशवप्रसाद देवकोटा ६५२ र प्रतिद्वन्दी रञ्जनकुमार कठायत ३४७, सहसचिव टिकाप्रसाद दाहाल ६६८ मत र प्रतिद्वन्दी राजेन्द्र बर्तौला ३०७ मत प्राप्त गरेका छन् भने सहसचिव अर्थ महिलामा शकुन्तला ब्लोन निर्विरोध निर्वाचित भएकी छिन् ।
 
त्यस्तै सहसचिव महिला उमा कोईराला ७४६ मत र प्रतिद्वन्दी सुमित्रा अर्याल २३१, सहसचिव समावेशीद्वयमा विरेन्द्र कुमार यादव ६४७ मत र ईन्द्रबहादुर भोम्जन ६६४ मतलाई विजयी भएका छन् भने प्रतिद्वन्दी नागेन्द्र राय २६७ र सुभद्रा लम्साल ३३६ मत ल्याई पराजित भएका छन् । 
 
त्यस्तै खुल्लातर्फका सदस्यहरु देवबहादुर मस्राङगी ७६४, देवेन्द्रप्रसाद यादव ७१८, नरेन्द्र प्रसाद यादव ७०५ र मोहनराज लामा ७९८, महिला सदस्यहरुमा सरस्वती शिवाकोटी ६९४, निर्मला तिमल्सिना ७५७ र सुनिता भट्टराई ५६८ मत ल्याई विजयी भएका छन् ।त्यस्तै संघिय प्रतिनिधी खुल्लामा दीपकलाल खतिवडा ६६०, राजेशप्रसाद घिमिरे ७२४ र तुलसी गिरी ४९० मत ल्याई विजयी भएका छन् भने संघिय प्रतिनिधी महिलामा प्रमिला अर्याल ६७७ र ज्ञानु पौडेल ७१२, प्रदेश प्रतिनिधी खुल्लामा विष्णुप्रसाद दाहाल ८१६, अमृतप्रसाद भट्टराई ७०७, राजु घले गुरुङ ७४७ र दिपेन्द्र झा ६५१ मत ल्याई विजयी भएका छन् भने प्रदेश प्रतिनिधी महिला खुल्लामा स्वेता कोईराला ७११ र गान्धिरा चौलागाई ५८३ मत ल्याई विजयी भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ