arrow

प्रिमियर लिग रोमाञ्चक मोडमा, सिटी र स्पर्स बिजयी

केन सार्वाधिक गोलकर्ता

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
Spurs_kane.jpeg
एजेन्सी। प्रिमियर लिगको अंक तालिका रोमाञ्चक मोडमा पुगेको छ। पहिलो स्थानमा चेल्सी २६ खेलबाट ६३ अंक सहित पहिलो स्थानमा रहेको छ। २७ खेलमा ५६ अंक सहित स्पर्स दोस्रो तथा २६ खेलबाट ५५ अंक सहित म्यानचेष्टर सिटी तेस्रो स्थानमा रहेको छ। 
 
लिभरपुल २७ खेलमा ५२ अंक सहित चौथो तथा अर्सनल२६ खेलमा ५० अंक सहित पाँचौं स्थानमा रहेका छन्।प्रमियर लिगमा पहिलो चार स्थानकालागि प्रतिस्पर्धा कडा हुँदै गैरहेको छ। चेल्सीको पछिल्लो फर्म हेर्दा उसले उपाधि जित्ने निश्चित रहेको छ। तर बाँकी तीन स्थानकालागि पाँच टिम बिच राम्रो प्रतिस्पर्धा खुल्लै रहेको अवस्था छ। 
 
सबै टोलीहरु एक-अर्काको खेल नजिकबाट नियालीरहेका छन्। कुनै पनि टोली गल्ती गरेर अंक नगुामउनेमा सजग देखिन्छन्। अन्तत: खेल हो खेलमा प्रत्यासित र अप्रत्यासित नतिजाकालागि बराबर स्थान रहेको हुन्छ। आउँदा दिनमा बिस्तारै सबै टोलीको स्थिती अझ स्पष्ट हुँदैजानेछ। आखीर फुटबल न हो। 
 
स्पर्स बिजयी
टोटेन्हम हटस्परले ईभर्टनलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। स्पर्सका स्टार खेलाडी ह्यारी केनको दुई गोलको मदतले ईभर्टन एक गोलको अन्तरमा पराजित भएको हो। 
 
केनले २०औं र ५६औं मिनेटमा गोल गरेका थिए। त्यसैगरि ८१औं मिनेटमा ईभर्टनका रोमेलु लुकाकुले गोल गरेका थिए। खेलको ९०औं मिनेटमा स्पर्सका डेले अल्ली र ईभर्टनका एन्नर भ्यालेन्सियाले गोल गरेका थिए। 
 
स्पर्सका ह्यारी केन प्रतियोगितामा १९ गोल गर्दै यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडीको प्रतिस्पर्धामा अगाडी रहेका छन्। 
 
सिटी बिजयी
म्यानचेस्टर सिटीले सण्डरल्याण्डलाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा सर्जियो अग्वेरोले गोल गरेका थिए भने ५९औं मिनेटमा लेरो सानेले गोल गरेका थिए। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ