arrow

चर्चित सुन पसलले नै शक्तिकेन्द्रको आडमा सुन तस्करी गरेको खुलासा

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
gold-pure.jpeg.jpeg
काठमाडौं । सुन पसलकै मालिकहरुले शक्तिकेन्द्रको दुरुपयोग गरी सुन तस्करी गरेको खुलेको छ । प्रशासनिक तथा राजनीतिक शक्तिकेन्द्रको दुरुपयोग गरी उनीहरुले सुन तस्करी गरेको प्रहरीले दाबी गरेको छ । झन्डै डेढ महिनाअघि राजधानीबाट पक्राउ परेको ३३ किलो सुन तस्करीमा राजधानीका दुई नाम चलेका सुन पसलको मालिक संलग्न रहेसँगै शक्तिकेन्द्रको दुरुपयोग भएको समेत प्रहरीले जनाएको छ ।
 
सीआईबीले गरेको अनुसन्धानका क्रममा न्युरोडमा रहेको आरके ज्वेलर्सका सञ्चालक रोजेन्द्र के शाक्य, मालिका शाक्य र सालिमार ज्वेलर्सका मालिक रामकृष्ण गोयल, कुसुम गोयल, राहुलको संलग्नता रहेको तथ्य सार्वजनिक भएको हो ।
 
उनीहरु पक्राउ नपरिसकेकाले कुन कुन शक्तिकेन्द्रको दुरुपयोग गरे भन्ने बिषयमा थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।
(राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ