arrow

बिन्ध्यवासिनी म्युजिक अवार्ड; रोजाइमा श्रेयसी, प्रेमध्वजलाई लाइफ टाइम

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Bindabasini-award.jpg.jpeg
काठमाडौं । रमपम बिन्ध्यवासिनी म्युजिक अवार्डमा श्रेयसी चेम्जोङले पब्लिक च्वाइस अवार्डसहित सुगम संगीततर्फ महिला गायनमा सर्वोत्कृष्ट भइन् । सर्वोत्कृष्ट गायन अवार्डका लागि दुर्गा खरेल, अञ्जु पन्त, निशा देशार र मिलन अमात्य पनि मनोनयनमा परेका थिए । ३१ विधामा अवार्ड प्रदान गर्दा श्रेयसी १४ हजारभन्दा बढी एसएमएस भोट पाएर दर्शकको रोजाइमा अग्रस्थानमा परेकी हुन् ।
 
सुगम संगीतमा पुरुष गायनतर्फ युवराज चौंलागाईले बाजी मार्दा रचनाकारमा डा. कृष्णहरि बरालले अवार्ड हात पारे । डब्बु क्षेत्रीको ‘साउनको भेलजस्तो’ सर्वोत्कृष्ट गीत घोषित भयो । राजकुमार बगरले सर्वोत्कृष्ट संगीत (सुगम संगीत), विनोद बन्जाराले ‘बन्जरा’बाट सर्वोत्कृष्ट एल्बम, जुगल डंगोलले सर्वोत्कृष्ट एरेन्जरतर्फको अवार्ड पाए । श्रद्धा अधिकारी महिलातर्फ सर्वोत्कृष्ट गीतकार ठहरिइन् ।
 
पप गायन पुरुषतर्फ बादल प्रसाईं सर्वोत्कृष्ट ठहरिँदा महिलामा आकांक्षा बस्याल अनि संगीतमा सुगम पोखरेलले अवार्ड हात पारे । युगल गायनमा सुरजकुमार थापा र निकिता थापा, लोकदोहोरी गायकमा बद्री पंगेनी, गायिकामा कला पंगेनी, भाकातर्फ कमल सरगम, रचनामा एकनारायण भण्डारी, गीतमा ‘मैले जति तिमीलाई माया’बाट हरि डाँगीले सर्वोत्कृष्टको अवार्ड हात पारे । गरिमा पन्त र विमल अधिकारी भिडियोतर्फ सर्वोत्कृष्ट मोडल जोडी घोषित भए । पाश्र्वगायनमा पुरुषतर्फ रामचन्द्र काफ्ले अनि महिलामा जुनु रिजालका साथै चलचित्र संगीतमा चेतन सापकोटाले अवार्ड जिते । राष्ट्रिय भावनाले ओतप्रोत गीतमा रोशन भट्टराई, म्युजिक भिडियो निर्देशन (लोकदोहोरी)तर्फ कपिल लामा, म्युजिक भिडियो निर्देशन (सुगम संगीत)मा सुरज श्रेष्ठ, छायाँकार राजेश घिमिरे, सम्पादक प्रवीण श्रेष्ठ र ध्वनि मुद्रणमा राजेश तण्डुकार सर्वोत्कृष्ट ठहरिए । 
 
नवप्रतिभा लोकदोहोरीतर्फ अमृत खाती, पप तथा सुगम संगीतमा गंगाधर पराजुली सर्वोत्कृष्ट घोषित भए । त्यस्तै, सर्वोत्कृष्ट म्युजिक कम्पनीतर्फ एसियन म्युजिक प्रालि, सर्वोत्कृष्ट मोडल लोकदोहोरीतर्फ विजय थापा र रश्मी तामाङले बाजी मारे ।
बिन्ध्यवासिनी फाउन्डेसनले शुक्रबार साँझ आयोजना गरेको उक्त कार्यक्रममा गायक प्रेमध्वज प्रधानलाई ५१ हजार १५१ नगद राशिसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । कालजयी गीतका यी गायकलाई गीतकार किरण खरेल र शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले आयोजकका तर्फबाट सम्मान प्रदान गरेका थिए ।
 
गायक राजेशपायल राईलाई १५ हजार ५१५ नगदसहित बिन्ध्यवासिनी संगीत रत्नबाट सम्मान गरिएको थियो । राईलाई नायक राजेश हमाल र बिन्ध्यवासिनी म्युजिककी अध्यक्ष लिना रेग्मी शर्माले सम्मान गरेका थिए । त्यस्तै, २५ हजार ५२५ नगदसहित पत्रकार कृष्ण भट्टराई र १० हजार १ रुपैयाँका साथ कम उमेरका चलचित्र निर्देशकको विश्व रेकर्ड कायम गरेका सौगात विष्टलाई पनि सम्मान गरिएको थियो ।
 
कसलाई कुन अवार्ड ?
१.सर्वोत्कृष्ट गीत– डब्बु क्षेत्री
२.सर्वोत्कृष्ट गायन सुगम संगीत (पुरुष)– युवराज चौलागाईं
३.सर्वोत्कृष्ट गायन सुगम संगीत (महिला)– श्रेयसी चेम्जोङ
४.सर्वोत्कृष्ट संगीत (सुगम संगीत)– राजकुमार बगर
५.सर्वोत्कृष्ट रचना (सुगम संगीत)– डा.कृष्णहरि बराल
६.सर्वोत्कृष्ट एल्बम सुगम संगीत– विनोद बन्जारा (बन्जरा)
७.सर्वोत्कृष्ट एरेन्जर (संगीत संयोजन)– जुगल डंगोल
८.सर्वोत्कृष्ट पप गायन पुरुष– बादल प्रसाईं
९. सर्वोत्कृष्ट पप गायन महिला– आकांक्षा बस्याल
१०. सर्वोत्कृष्ट संगीत (पप)– सुगम पोखरेल
११.सर्वोत्कृष्ट युगल गायन– सुरजकुमार थापा र निकिता थापा
१२.सर्वोत्कृष्ट लोकदोहोरी गायक– बद्री पंगेनी
१३.सर्वोत्कृष्ट लोकदोहोरी गायिका– कला पंगेनी
१४.सर्वोत्कृष्ट लोकदोहोरी भाका– कमल सरगम
१५ .सर्वोत्कृष्ट लोकदोहोरी रचना– एकनारायण भण्डारी
१६.सर्वोत्कृष्ट लोकदोहोरी गीत– हरि डाँगी
१७.सर्वोत्कृष्ट मोडल जोडी पप तथा आधुनिक भिडियोतर्फ– गरिमा पन्त र विमल अधिकारी
१८.सर्वोत्कृष्ट प्लेब्याक सिंगर मेल (पाश्र्वगायन पुरुषतर्फ)– रामचन्द्र काफ्ले
१९.सर्वोत्कृष्ट प्ले याक सिंगर पिीमेल (पाश्र्वगायन महिलातर्फ)– जुनु रिजाल
२०.सर्वोत्कृष्ट चलचित्र संगीत– चेतन सापकोटा
२१.सर्वोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीत– रोशन भट्टराई
२२.सर्वोत्कृष्ट म्यूजिक भि८ियो निर्देशक लोकदोहोरी–कपिल लामा
२३.सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक सुगम संगीत– सुरज श्रेष्ठ
२४.सर्वोत्कृष्ट छायाँकार (क्यामेरा पर्सन) म्युजिक भिडियो– राजेश घिमिरे 
२५.सर्वोत्कृष्ट सम्पादक (एडिटर) म्युजिक भिडियो– प्रवीण श्रेष्ठ 
२६. सर्वोत्कृष्ट ध्वनि मुद्रण– राजेश तण्डुकार 
२७. सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरीतर्फ– अमृत खाती
२८. सर्वोत्कृष्ट म्युजिक कम्पनी– एसियन म्युजिक प्रालि
२९. सर्वोत्कृष्ट मोडल लोकदोहोरीतर्फ– विजय थापा र रश्मी तामाङ
३०. सर्वोत्कृष्ट नवप्रतिभा पप तथा सुगम संगीततर्फ– गंगाधर पराजुली
३१.सर्वोत्कृष्ट महिला गीतकार (सुगम संगीत)– श्रद्धा अधिकारी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ