arrow

राजविराज तनावमय, मोर्चाले एमालेलार्इ रोक्न गाउँगाउँबाट मान्छे झिकायो

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
CPN-UML-Mechi-Mahakali.jpeg
राजविराज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई मधेसमा बिथोल्ने उदेश्यले आह्वान गरेको बन्द कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार राजविराजमा मसाल र लाठी जुलुस प्रदर्शन गरेका छन् । एमालेको अभियानअन्तर्गत सोमबार (आज) राजविराजमा आमशभा गर्ने कार्यक्रम छ । त्यसलाई बिथोल्ने उदेश्यले मोर्चाले आजै बन्द कार्यक्रम, लाठी जुलुस र विरोध सभा कार्यक्रमको घोषणा गरेको छ ।
 
एमालेको कार्यक्रम रोक्न मोर्चाले गाउँ गाउँबाट कार्यकर्तालाई सदरमुकाममा बोलाई लाठी र मसाल जुलुस प्रदर्शन गरेको हो । मोर्चाको आन्दोलनमा १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने मोर्चा सप्तरीका संयोजक दिनेश यादवको दावी छ ।
(नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ