arrow

आचारसंहिता कि स्ववियु निर्वाचन भन्ने बारे आरआरमै चल्यो सरकार-प्रतिपक्ष द्वन्द्व !

क्याम्पस प्रमुखलार्इ समेत भित्र छिर्न राेक, दुबै पक्षका विद्यार्थी नाराबाजीमा ब्यस्त

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
rr-campus2.jpeg
काठमाडौं । विगत एक सातादेखि काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस फेरि तनाव बढेको छ । २३ फागुनमा स्ववियु निर्वाचन गर्ने तयारी गरिरहेको क्याम्पस प्रशासनलाई निर्वाचन आयोगले निर्वाचन नगराउन निर्देशन दिएपछि अन्योलता छाएको क्याम्पसमा आचार संहिता लागू गराउने वा नगराउने भन्ने विषयमा द्वन्द्व चलिरहेको छ । 
 
अहिले उच्च संख्यामा खटिएका प्रहरीहरुले क्याम्पस प्रमुखलाई समेत भित्र छिर्न नदिएर सुरक्षा दिएका छन् । बाहिर मूल सडकमा भने स्ववियु निर्वाचन गराउन माग गर्ने प्रतिपक्षी एमालेका विद्यार्थी संगठन अनेरास्ववियु र आचारसंहिता जारी गर्न माग गर्ने नेविसंघ तथा क्रान्तिकारीका विद्यार्थीहरु दोहोरो नाराबाजीमा उत्रिएका छन् । एका पक्षले स्ववियु निर्वाचन गराउन माग गरेको छ भने अर्काे पक्षले आचारसंहिता जारी गराउन माग गरेको छ । 
 
अहिले क्याम्पस प्रमुख निर्मला कुमारी सुयाल र अरु सबै प्राध्यापकहरु भित्र छिर्न नपाएपछि मूल ढोकाबाटै घर फर्किसकेका छन् । भने विद्यार्थीको प्रदर्शनका कारण प्रदर्शनीमार्गको उक्त मूल सडक अबरुद्ध रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ