arrow

धुर्मुस-सुन्तलीले जोडिदिए गम्छा र ढाका टोपीको सम्बन्ध

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
Dhurmus-suntali-musaharbasti.jpeg
महोत्तरी । धुर्मुस सुन्तली फाउण्डेसनले महेत्तरीको बदिबासमा निर्माण भइरहेको एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान गर्न आएका सिन्धुपाल्चोक मेलम्म्ची गिरानचौर एकीकृत नमुना वस्तीका सदस्यलाई बिदाई गरेको छ । एक हप्ता लामो श्रमदान पश्चात सिन्धुपाल्चोक फर्कन लागेको टोलीलाई मुसहर बस्तीका स्थानीयहरुले मधेशको पहिचान गम्छाको पगरी लगाएर विदाई गरेका हुन् । 
 
मुसहर बस्तीका स्थानीयले गिरान्चौर एकीकृत नमुना बस्तीका व्यवस्थान समितिका अध्यक्ष रामबहादुर तमाङ्गलाई अविर लगाएर मायाको चिनो प्रदान गरेका थिए भने गिरानचौरका स्थानीयहरुहरुको तर्फबाट नमुना बस्तीका अध्यक्ष तमाङ्गले अविर लगाएर एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु सादालाई ढाका टोपी लगाएर मायाको चिनो साटासाट गरेका थिए । विदाई कार्यक्रममा दुवै टोलीका सदस्य भावुक देखिन्थे ।
 
दुबै स्थानमा एकीकृत वस्तीको योजना लिएर हिँडेका धुर्मुसलाई भने गिरान्चौरबासी र मुसहर बस्तीका स्थानीयहरुले संयुक्त रुपमा ढाका टोपी र गम्छा ओढाएर सम्मान गरेका थिए ।
 
‘हामीले चाहेको सद्भाव, हामीले खोजेको एकता गिरान्चौर एकीकृत नमुना बस्ती सिन्धुपाल्चोकका स्थानीय बासिन्दा (तामाङ्ग) र एकिकृत नमुना मुसहर बस्तीका (मुसहर)हरुबीचमा मायाको चिनो (ढाकाटोपी र गम्छा) साटासाटले सिङ्गो देशले खोजेको एकताको सन्देश दिएको छ,’ विदाई कार्यक्रममा धर्मुसले भने,‘देश बनाउन सबै एकबद्ध हुनु पर्छ ।’ एकहप्ते श्रमदानपछि गिरान्चौरबासी मुसहर बस्तीबाट फर्किदै गर्दाकोे क्षणले मुसहर बस्तीका बासिन्दाहरु भावुक भएका थिए । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ