arrow

स्थानीय विकास मन्त्रालयले धुर्मुस सुन्तलीलाई दियो १ लाख सहयोग

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
local_development_minister.jpeg
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागी संघीयमामला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारीहरुले १ लाख २ हजार ५ सय १० रुपैया सहयोग गरेका छन् । बस्ती निर्माणमा रकम अभाव भन्ने समाचार सुनेर आफुहरुले सहयोग गरेको मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बताएका छन् ।
 
धुर्मुस सुन्तलीले नेपाल र नेपालीको लागी गरेको यस्ता उदाहरणिय कामले सबैलाई देश निर्माणको संदेश दिएको भन्दै सबैलाई एकजुट बनाउने यो जोडिको हरेक कामका लागी शुभकामना समेत दिए । फाउण्डेशनकी कुञ्जना घिमिरे सुन्तलीलाई रकम हस्तान्तरण गदै मन्त्रालयका सतव अधिकारीले धुर्मुस सुन्तली सद्भावना दूत बनेकोमा बधाई समेत दिएका छन् । उनले धुर्मुस सुनतलीको कामलाई आफुले नजिकबाट नियालीरहेको भन्दै हरेक निर्माण कार्यमा साथ र सहयोग गर्न आफ्नो मन्त्रालय तयार भएको समेत बताएका छन् ।
 
मन्त्रालयका ११८ कर्मचारीको संयुक्त प्रयासमा यो सहयोग रकम संकलन भएको हो । बिभिन्न सञ्चार माध्यममा आएका आर्थिक संकटको समाचारले धुर्मुस सुन्तलीको यो महान काममा अवरोध नआओस भन्नका लागी आफुहरुले सहयोग गरेको उनले बताए । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको मुसहर बस्तीमा अहिले घरको छत छाउने काम भईरहेको छ । यहि २५ गते २ महिना पुग्ने बस्तीको ६० प्रतिशत भन्दा बढी काम सक्किसकेको बताईएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ