arrow

प्यूठान बिजुवारमा मंगलबारदेखि कृषि पर्यटन तथा औद्योगिक प्रर्दशनी

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
pyuthan_mahotsab.jpeg
दाङ । कृषि, पर्यटन तथा औद्योगिक प्रचारप्रसार प्रर्वद्धनकालागि प्यूठानको बिजुवामा कृषि, पर्यटन तथा औद्योगिक मेला हुने भएको छ । कृषि पर्यटन उद्योग प्रवद्र्धन योगाध्यान शिविर सञ्चालानार्थ प्यूठान जिल्ला योगामय वातावरण निर्माण गरौ भन्ने नाराका साथ सुरु हुन लागेको मेला फागुन २४ देखी चैत ३ गते सम्म संचालन हुनेछ ।
 
स्वाभिमान एकीकृत ग्रामीण विकास संस्था बिजुवार प्यूठानको आयोजना र प्यूठान नगरपालिका विजुवारको सहआयोजनामा मेला हुन लागेको हो । मेलामा नेपाली गीतमा नाच्ने उट, चौरी गाई, एसीयाको सबैभन्दा होची महिला मञ्जु घिमिरे मुख्य आकर्षकको रुपमा रहने छन् भने राष्ट्रिय स्तरका चर्चीत कलाकारहरुको प्रस्तुति रहने छ । 
 
कार्यक्रममा नायक राजेश हमाल, गायिका कोमल वली, लोकदोहारी कलाकारहरु बद्री पंगेनी, पशुपति शर्मा, नायिका झरना थापा, गायक रामजी खाँण, सदाबहार गायक जीवन शर्मा, लोकदोहारी गायकहरु विष्णु खत्री, कृष्ण रेउले, गायिका ज्योति मगर, पप गायक कमल खत्री, लोकदोहोरी गायिका भुमीका गिरी, झलक संगीतम, गोविन्द मधुर आचार्य, हर्के हवल्दार लगायतका कलाकारहरुले मेलामा आफ्नो प्रस्तुति दिने मेला कार्यक्रमका निर्देशक बिराज विष्टले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ