arrow

नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव सुरु

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
nepal-india.jpg.jpeg
काठमाडौ । आइतवारदेखि भारतको उत्तराखण्डको प्रादेशिक राजधानी देहरादुनको परेड मैदानमा प्रथम नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य वस्तु, पर्यटकीय क्षेत्रको जानकारी, टुर एन्ड ट्राभल्सको प्याकेज कार्यक्रम तथा नेपाली कलासंस्कृतिको प्रदर्शनी खाद्य परिकार राखिएका मेला कन्चनपुर उद्योग वाणिज्य सङले आयोजना गरेको हो। 
 
देहरादुनका व्यवसायीसँग नेपाली उद्यमी व्यावसायिले भेटघाट गर्ने नेपाल भारत ब्यापार घाटा कम गर्ने नेपाली उत्पादनको प्रचार र प्रसार गर्न, नेपाली वस्तु प्रर्वद्धन गर्नमेला सहयोगी हुने सङ्घका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्लको विस्वास छ।
 
महोत्सवमा ५० वटा स्टल राखिएका छन्। स्टलमा  नेपाल सरकारले प्राथमिकतामा राखेका निकासीजन्य वस्तु, हस्तकालका वस्तु, एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादन कार्यक्रमले तोकेका कृषिजन्य वस्तु तथा पर्यटकीय सम्पदा देख्न पाइन्छ । मेला फागुन २८ गतेसम्म सञ्चालन हुनेछ । वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्धन गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ