arrow

आगामी बजेटले पहिलोपटक संघीयतालार्इ सम्बोधन गर्छ अर्थमन्त्री

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
mahara-news.jpeg
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी बजेटले पहिलो पटक सङ्घीयता कार्यान्वयनलार्इ सम्बोधन गर्ने बताएका छन्। सोमबार अर्थमन्त्रालयमा भएको आव ७४ ७५ को बजेट विनियोजन विषयमा भएको मन्त्रालयका सचिवसँगको बैठकलार्इ सम्बोधन गदै महराले मुलुक सङ्घीयता कार्यान्वनको चरणमा रहेकाले बजेट पनि सोही अनुसार हुने बताएका छन् । 
 
मन्त्री महराले भने, “निर्वाचनको मिति घोषणा भइसकेको छ, स्थानीय निकाय पनि सरकारले तोकेको छ, यो अवस्थामा आगामी आर्थिक वर्षको बजेट स्थानीय निकायसँग जोडिएर आउँछ, यो सङ्घीयता कार्यान्वयनका लागि पहिलो चरण हुनेछ ।” यस पटकको बजेट मनोगत भन्दा वास्तविकतामा आधरित भएर आउने समेत जनाएका छन्,“विगतमा पुँजीगत खर्च भएन, त्यसले आर्थिक क्रियाकलापलाई अगाडि बढाउन सकेन, नयाँ योजनाका लागि बाटो खुलेन, अब त्यस्तो बजेट ल्याउन हुन्न ।”उनले भने ।
 
आगामी आर्थिक वर्षमा संविधानले तोकेअनुसार बजेट जारी भएपछि योजना बनाउने कार्य अन्त्य हुने उल्लेख गर्दै अर्थ मन्त्री महराले भने, “आगामी आवदेखि जेट १५ पछि योजना आयोग र अर्थ मन्त्रालय धाउन बन्द गर्नुहोस् ।” फरक प्रसङगमा उनले निर्वाचन हुँदैन भन्ने कुनै आशंका नगर्न पनि सचिवलाई सुझाव दिए।
 
बैठकमा सहभागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले परम्परागत रुपमा ल्याइने कार्यक्रमको ढाँचामा परिवर्तन गर्न निर्देशन दिँदै सहकार्य गरेर आवश्यकतालाई ध्यान दिएर योजना अगाडि बढाउनपर्नेमा जोड दीए। बजेटले बजेटले सथानिय तहलार्इ ध्यान दिनुपर्ने बताए।
 
राष्ट्रिय योजना आयोगले रु ११ खर्बको बजेट सीमामा रहेर आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थ मन्त्रालयलाई सुझाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ