arrow

सप्तरीमा ३ को मृत्यु पछि रौतहटमा निधीलाई कालोमोसो

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
kalo-moso-rautahat.jpeg
रौतहट । सप्तरी गोली काण्डमा तीन यूवाको निधन भएपछि देशका विभिन्न भागमा विभिन्न प्रतिक्रियाहरु उत्पन्न भएका छन् । बिशेषगरि तराई मधेशमा नेकपा एमालेका नेता कार्यकर्ताहरु निसानामा परेका छन्। मधेशी मोर्चाका कार्यकर्ताहरु एमालेका नेता कार्यकर्ताहरुमाथि जाइलाग्न थालेका छन् । 
 
यसैक्रममा नेकपा एमाले रौतहत प्रचार बिभाग प्रमुख मनिशंकर निधीलाई रौतहट सदरमुकाम गौरको बिपि चोकमा कालोमोसो दलिएको छ । एमाले नेता कार्यकर्तालाई खोजिखोजी कालो मोसो दल्ने भन्दै मोर्चाका नेता कार्यकर्ताहरु लागेका छन् । नेकपा एमाले रौतहट प्रचार विभाग प्रमुख र शिक्षक संगठन रौतहटको अध्यक्ष मनिशंकर निधीलाई मधेशी मोर्चाका नेताहरुले कालो मशो दलेका स्थानिय पत्रकार सञ्जय कार्कीले जानकारी दिएका छन् ।
 
यसअघी सप्तरी घटनामा ३५ बर्षिय पिताम्बर मण्डल, २८ बर्षिय आनन्द शाह र सञ्जन मेहेताको निधन भएको हो । नेकपा एमालेको मेची महाकाली अभियान अवरोध गर्न गएका मधेशी मोर्चाका कार्यकर्ता माथि प्रहरीले गोली चलाउँदा उनको निधन भएको हो । उक्त स्थानमा ९ जनालाई गोली लागेको थियो र अन्य दर्जन मानिसहरु सामान्य घाईते भएका छन् । ४ जनाको अवस्था गंभिर र धरान स्थित बिपी अस्पताल धरान लगिएको राजविराजबाट पत्रकार सञ्जीव विक्रम शाहले जानकारी दिए। 
 
आन्दोलनकारी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हानेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । ज्यादै विभत्स देखिने उक्त्र घटनामा मेहेताको टाउकोमै गोली लागेको छ । गोली लागी गम्भीर घार्इते मेहेताको घटनास्थलमा निधन भएको सप्तरी प्रहरीले पुष्टी गरेको छ । अन्य दुईको भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । सोमबार राजविराजबाट ३ किलोमिटर उत्तरमा पर्ने औद्योगिक क्षेत्र नजिक गोली चलेको प्रहरीले जनाएको छ । उनका अनुसार विहानैदेखि प्रदर्शन गर्दै आएका उनीहरुले प्रहरीको निषेधित धेरा तोड्न खोजेपछि गोली चलार्इएको हो । तर, प्रहरीले भने आधा दर्जन जति प्रदर्शनकारी घाइते भएको मात्र जनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ