arrow

इन्धन खरिद-बिक्री सम्झौतामा नेपाललाई ७ अर्ब फाइदा

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
oil-corporation.jpeg
काठमाडौं । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी ) बीच हुन लागेको इन्धन खरिद-बिक्री सम्झौता नवीकरणमा नेपाललाई करिब सात अर्ब फाइदा हुने भएको छ ।
 
आइओसी र निगमका अधिकारीबीच काठमाडौंमा सोमबार भारतीय पक्ष पेट्रोलियम पदार्थको नाफा कम गर्न, नेपाललाई नजिकको मुजफ्फरपुरबाट ग्यास दिन सहमत भएको हो । नाफा अनुपात (प्रोफिट मार्जिन) घटाउँदा बार्षिक करिब पाँच अर्ब रुपैयाँ र रक्सौल नजिकको मुजफ्फरपुरबाट गयास लोड दिँदा करिब दुई अर्ब रुपैयाँ कम खर्च लाग्ने निगमले जनाएको छ ।
 
भारतले फेरि नेपालम इन्धन आपूर्ति रोके पनि क्षतिपूर्ति दिनुपर्ने निगमको मागमा भारतीय पक्ष टसमस भएको छैन । निगमले आइओसीबाट बार्षिक करिब एक खर्ब २० अर्ब रुपैयाँको इन्धन आयात गर्दै आएको छ ।(नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ