arrow

बक्राहा नदी नियन्त्रणका लागि २५ करोड

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ फागुन २४ मंगलबार
biratnagar_baghaha.jpeg
विराटनगर । वक्राहा नदी नियन्त्रणका लागि  २५ करोड रुपैयाँ निकासाका लागि स्वीकृति भएको छ । नदी नियन्त्रणका लागि सिँचाई मन्त्री तथा जल उत्तपन्न प्रकोप नियन्त्रण व्यवस्था विभागका डिजिले टेन्डर आह्वानका लागि स्वीकृती दिएको हो । 
 
मन्त्रालय तथा विभागका डिजीले वक्राहामा तटवन्धका लागि २५ करोड रुपैयाँ निकासा दिने स्वीकृति दिएको जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका प्रमुुख डा देवनारायण साहले वताए । २५ करोड रुपैयाँ निकासका लागि आश्वासन आइ सकेकाले अब प्रक्रिया पुु¥याएर तटवन्धको काम अगाडि वढाउन लागिएको हो । 
 
कार्यालयवाट टेन्डर आह्वानका लागि बजेट स्वीकृत र टेन्डर प्रक्रियाका लागि मन्त्रालयमा पुुगेर आफुुले प्रक्रिया अगाडि वढाई रहेको कार्यालय प्रमुुख साहको भनाई छ । गतवर्ष वक्राहा खोलामा आएको वाढीले भत्काएको १७ स्थानमा सो रकमवाट काम अगाडि वढाउन लागिएको हो । रकम अपुुग भएपनि आवश्यकता अनुसार तटवन्ध निमार्ण एंव व्यवस्थित गर्दै लैजाने वताइएको छ । 
 
बाढीले भत्काएको तटवन्धलाई व्यवस्थितगर्न विराटनगर स्थित  कार्यालयले मन्त्रालयसँग वजेट माग गर्दै आएको थियो । सो रकमबाट पाँचवटा स्थान टेन्डर मार्फत् र बाँकी स्थानमा उपभोक्ता समिति मार्फत काम अगाडि बढाइने छ । मधुुमल्लाको दुुई, गोविन्दपुुरका दुुई तथा वर्डगाको एक स्थानमा टेन्डर मार्फत र बाँकी स्थानमा उपभोक्ता मार्फत् काम अगाडि वढाइने प्रमुुुख साहले वताउनुुभयो । टेन्डरको काम डेढ महिना भित्र र उपभोक्ता मार्फत हुने काम १५ दिन भित्र शुुरु गरिने कार्यालयले जनाएको छ । 
 
स्थाई तटवन्धका लागि चार  अर्वको डिपिआर र साढे तीन अर्वको वहुवर्षीय ठेक्काको कामका लागि प्रक्रिया अगाडि वढाईएकोमा  स्थानीय चुनावको मिति घोषणाका कारण सो प्रक्रिया अघि वढ्न सकेको छैन । दिगो तटवन्धका लागि दुुई महिना अघि डिपिआर तयार भएको थियो । सिँचाई मन्त्रीले समेत वक्राहा नदी नियन्त्रणका लागि वजेट दिने जनाएपछि तटवन्धका लागि प्रक्रिया अघि वढाइएको थियो । 
 
खोलामा आउने बाढीका कारण सो भेगका १० वटा गाउँ विकास समिति प्रभावित हुँुदै आएका छन् । तटवन्धको मागगर्दै सो क्षेत्रका स्थानीय वासिन्दाले आन्दोलन समेतगर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ