arrow

आज सलमानको जन्मदिन, जानौं रोचक कुरा

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
Salman-Khan.jpg.jpeg
मुम्बई । बलिउड स्टार सलमान खानले आइतबारबाट ५० वर्षे उमेरमा पाइला टेकेका छन् । सलमान बलिउडका यस्ता अभिनेता हुन्, जसलाई धेरै स्टारलाई बलिउडमा डेब्यु गराउने श्रेय जान्छ । हिमेश रेशमिया, सञ्जय लिला भन्साली र साजिद वाजिद पनि सलमानकै सहयोगले बलिउडमा भित्रिएका सेलिब्रेटी हुन् । क्याट्रिना कैफ, जरीन खान, एली अवराम जस्ता अभिनेत्री पनि सलमानले बलिउडमा भित्र्याएका सेलिब्रेटीमा पर्दछन् ।

अभिनेता ऋतिक रोशन, अभिनेत्री सोनाक्षी सिन्हा पनि सलमानसँग तालिम लिएर बलिउडमा छिरेका सेलिब्रेटी मानिन्छन् । सहयोगको मामलामा सलमान कहिल्यै पनि पछि पर्दैनन्, त्यसकारण पनि कैयौं सेलिब्रेटी सलमानसँग सहयोग माग्न हिचकिचाउँदैनन् । सुस्मिता सेनको धर्मपुत्री बिरामी हुँदा उनलाई सहयोग गर्ने कोही थिएनन, यो अवस्थामा उनले सलमानलाई फोन गरेपछि सलमान तुरुन्तै सुस्मिताको घरमा पुगेका थिए । यस्तै दिया मिर्जाको आमा बिरामी हुँदा पनि सलमानले उपचारमा सहयोग गरेका थिए । फिल्म ‘कुछ कुछ होता है’मा सर्पोटिङ रोल गर्न कोही राजी नभएपछि सलमानले नै करण जोहारका लागि सर्पोटिङ रोलमा काम गरेका थिए ।

विवादमा घेरिएपनि सलमान बलिउड बक्स अफिसमा सबैभन्दा पावरफुल स्टार हुन् । उनले धेरै गल्ती गरे तर बक्स अफिसमा अझै पनि उनी टप स्टार नै छन् । शाहरुख खान, आमिर खान, ऋतिक रोशन र अक्षय कुमारसँगै सलमान पनि त्यस्ता स्टार हुन्, जसले बक्स अफिसमा ठूलो ओपनिङको ग्यारेन्टी दिन्छन् ।

दिलिप कुमार, राज कपुर, अमिताभ बच्चन, राजेश खन्ना, धर्मेन्द्र र शाहरुख खान जस्ता ठूला स्टार भएर पनि सलमानसँग अझै पनि बलिउड इतिहासमा अल टाइम ब्लकब्लष्टर फिल्म छन् । यसै वर्ष पनि ५ सय करोड रुपैंयाँ कमाउने पहिलो बलिउड स्टार सलमान नै बने ।

बलिउड उद्योगमा स्टाइल आइकन हुन सलमान । बलिउडमा धेरै स्टारहरु सलमानको शारीरिक बनोटबाट प्रभावित छन् । शाहरुखको सिक्स प्याक एब्स बनाउने काम सलमानबाटै प्रभावित भएर गरेका थिए । सलमानले शाहरुखलाई टिप्स पनि दिएका थिए । ऋतिक रोशनले पनि सलमानबाट तालिम लिएका थिए । 

सलमानको ‘ओ जाने जाना’, ‘नो एन्ट्री’, ‘यु आर माइ लब’, ‘दबङ’ स्टाइलका नृत्य अहिले पनि चर्चित छन् । सलमानले बच्चा र गरिबका लागि आफै फाउण्डेसन चलाईरहेका छन् । बिइङ ह्युमन नाम दिइएको फाउण्डेसनमार्फत उनले समाजसेवाको कामलाई निरन्तरता दिईरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ