arrow

क्षतिपुर्ति र शहीद घोषणा नगरुन्जेल शव नउठाउने मोर्चाको निर्णय

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
banda_siraha.jpeg
काठमाडौं। मृतकलार्इ क्षतिपुर्ति र शहीद घोषणा नगरुन्जेल सब नउठाउने मोर्चाले जनाएको छ। म‌ंगलबार सप्तरीको राजविराजमा  बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
 
सोमवार एमालेको मेची महाकाली अभियानलार्इ अवरोध गर्न खोज्दा प्रहरीको गोली लागि ४ जना मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो। मृतकका परिवारलार्इ क्षतिपूर्ति र शहीद घोषणा नगरुन्जेलसम्म शव नउठार्इने मोर्चाले जनाएको छ। मोर्चाले बन्दको कार्यक्रमलार्इ अझ सशक्त वनाउने भएको छ।
 
चाँडो भन्दा चाँडो घाइतेको उपचार गर्नुपर्ने साथै क्षतिपुर्ति दिनुपर्ने माग राखेका छन्। गोली चलाउने जिल्ला प्रहरी कार्यलयका एसपी, सशस्त्रका एसपी र प्रमुख जिल्ला अधिकारीलको निलम्बनको माग समेत उनीहरुले गरेका छन् ।
 
बन्द कर्ताले राजविराजमा राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् । त्यस्तै, लाहानमा नेपाल  टेलिकम र नगरपालिकाको कार्यालयमा समेत मोर्चाका कार्यकर्ताले तोडफोड गरेको राजविराजबाट पत्रकार ओम प्रकाश साहले जानकारी दिए । मोर्चाले म‌ंगलवारदेखि तरार्इका जिल्लामा बन्दको आह्वान गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ