arrow

अष्ट्रेलिया बिरुद्धको दोस्रो टेष्टमा भारत बिजयी

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
India_Ashwin_Cricket.jpeg
बंगलोर (भारत)। अष्ट्रेलिया बिरुद्धको दोस्रो टेष्टमा ७५ रनको जित हात पार्दै भारतले ४ खेलको श्रृखंला १-१को स्थितीमा पुर्‍याएको छ। पहिलो टेष्ट ३३३ रनले पराजित भएको भारत श्रृखंलामा फर्किएको छ। 
 
टस जितेर पहिले ब्याटीङ गरेको भारतले आफ्नो पहिलो पारीमा १८९ रन बनाएको थियो। भारतलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका स्पिन बलर नाथाम ल्योनले ८ विकेट लिएका थिए, भारतका तर्फबाट लोकेश राहुलले ९० रन बनाएका थिए। 
 
अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा २७६ रन बनाएको थियो। उसकालागि शन मार्शले ६६ तथा म्याट रेन्शअले ६० रनको योगदान दिएका थिए। भारतकालागि रविन्द्र जडेजाले ६ विकेट लिएका थिए। 
 
दोस्रो पारीमा भारत केही सम्हालिंदै २७४ रन बनाएको थियो। भारतकाालगि चेतेश्वर पुजाराले ९२ रन बनाएका थिए। अजन्के रहाणेले ५२ तथा लोकेश राहुलले ५१ रनको योगदान गरेका थिए। अष्ट्रेलियाका जोश हेजलउडले ६ विकेट लिएका थिए। 
 
जितकालागि १८८ रनको लक्ष्य पच्छ्याएको अष्ट्रेलिया ३५.४ ओभरमा ११२ रनमा समेटिएको थियो। अष्ट्रेलियालाई सस्तोमा समेट्ने क्रममा रविचन्द्रन आश्विनले ६ विकेट लिएका थिए। अष्ट्रेलियाकालागि कप्तान स्टिव स्मिथले २८ रन बनाएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ