arrow

विशेष कारणवश भन्दै मन्त्रिपरिषद स्थगित !

प्रम र गृहमन्त्री बिच भनाभन पछि बैठक स्थगित

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Singhadurbar-hamrakura-1.jpg.jpeg
काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठक बिशेष कारणवश स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दहालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्। 
 
साँझ ६ बजे बस्ने भनिएको पुर्वनिर्धारित बैठक एकाएक स्थगित भएको छ। खास कुनै कारण नदेखाई बिशेष कारणबश भन्दै स्थगित भएको छ। 
 
प्रमको ट्विट:
'आज बेलुका ६.०० बजे सिंहदरबारमा हुने भनिएको मन्त्रीपरिषदको बैठक विशेष कारणवश स्थगित भएको व्यहोरा सम्पूर्ण पत्रकार मित्रहरुमा अनुरोध छ।'
 
यसअघि आफुसँग भेट्न आएका काँग्रेस सांसदहरुसँग उपप्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधीले मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठकमा सप्तरी घटनाबारे आबश्यक निर्णय लिने जानकारी गराउँदै घाइतेको उपचारको व्यबस्था मिलाउन आफूले निर्देशन दिइसकेको बताएका थिए । 
 
गृह मन्त्रालय स्रोतका अनुसार सप्तरी घटनामा मृत्यु भएको व्यक्तिका आफन्तहरुलाई शहीद सरह क्षतिपूर्ति दिने निर्णय मन्त्रिपरिषद्बाट गराउन गृहमन्त्रीले प्रस्ताव लैजाने तयारी गरेका थिए । यसैगरी मन्त्री निधीले सप्तरी घटनाको न्यायिक छानविनका लागि एक समिति गठन गर्ने प्रस्ताव समेत मन्त्रिपरिषद्मा लैजाने भएका थिए । 
 
मन्त्रिपरिषद बैठक बस्नु अघि प्रधानमन्त्रीसँग भेट्न गएका निधी र प्रम बिच प्रधानमन्त्री निकटहरुले मिडियामा चुहाईएका आफु बिरुद्धका जानकारीहरुका बिषयमा दुई जना बिच सामान्य भनाभनको अवस्था उत्पन्न भएपछि बैठक बस्न नसकेको श्रोतको दाबी छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ