arrow

‘सङ्घीयता कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक’

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
rambahadur-thapa.jpg.jpeg
हेटौँडा। नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले सङ्घीयताको कार्यान्वयन र स्थायी शान्तिका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको बताएका छन् । 
 
प्रेस सेन्टर नेपाल मकवानपुरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – “राष्ट्रिय एकता र विकासका लागि सङ्घीयता आवश्यक भएकाले यसको सस्थागत विकासका लागि सबै दल निर्वाचनमा केन्द्रित हुनुपर्दछ ।” 
 
नेकपा (माओवादी केन्द्र)का सङ्गठन विभाग प्रमुखसमेत रहेका नेता थापाले लोकतान्त्रिक पद्धतिबाट स्थानीय तहको चुनाव गराउनु नै निकास र विकासको मार्ग रहेको उल्लेख गर्दै “एमालेले संविधान संशोधन गर्नै हुन्न भन्नु एउटा अतिवाद हो, भने मधेसीवादी दलले पनि संशोधन नगरी चुनाव गर्न दिन्नौँ भन्नु अर्को अतिवाद हो भने ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ