arrow

सुरक्षा प्रमुखहरुले गृहमन्त्रीसँग भने 'गोली नचलाएको भए सयौं मान्छे मर्थे'

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
golikanda_saptari.jpeg
काठमाडौं । सरकारले सप्तरीको राजविराजमा भएको गोलीकाण्डपछि त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शसस्त्र प्रमुखलाई फिर्ता बोलाएको छ । मंगलबार गृहमन्त्री विमलेन्द्र निधिले राजविराज घटनाका बारेमा सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका छन् ।
 
तीनवटा सुरक्षा निकायका प्रमुखहरुले राजविराज घटनाको बारेमा जानकारी गराउँदै यदि प्रहरीले समयमा गोली नचलाएको भए त्यहाँ सयौं मान्छे मार्ने अवस्था भएको जानकारी गृह मन्त्रालयलाई गराएका छन् ।
 
‘मधेसी मोर्चाले चारैतिरबाट घेरा हालेर एमालेको कार्यक्रमस्थलभित्र प्रवेश गर्न खोजेको र त्यहाँ उनीहरु प्रवेश गर्न खोजेको भए कल्पना गरिएभन्दा ठूलो मानविय क्षति हुने थियो ।’ घटनाबारे सुरक्षा प्रमुखहरुले गृहमन्त्रीलाई जानकारी गराएको बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए ।
(नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ