arrow

रियाल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाईनल प्रवेश

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
Real_napoli_2nd.jpeg
नपोली। रियाल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ। राउण्ड अफ सिक्सटिनको दोस्रो चरणमा नपोलीलाई ३-१ले पराजित गर्दै कुलमा ६-२ले बिजयी हुछदै क्वार्टरफाईनल प्रवेश गरेको हो। 
 
खेलको पहिलो हाफ नपोलीले आफ्नो पक्षमा पारेको थियो। रियालको गोलपोष्टमा लगातार आक्रमण गरेको नपोलीले खेलको २४औं मिनेटमा ड्रिज मर्टेन्सले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा रियालका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले खाली पोष्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको थियो। 
 
नपोलीको आफ्नो घरेलु मैदान र दर्शकका बिच रियाल प्रेशरमा परेको प्रष्टै देख्न सकिन्थ्यो। रियालका खेलाडीहरु बिचको तालमेल पनि उती राम्रो मिलिरहेको देखिन्थेन। 
 
पहिलो हाफमा लिएको १-०को अग्रतामा गोल नखाईकन थप एक गोल गर्न सकेमा ३-३ हुने र मड्रिडको घरमा गरेको १ गोलका कारण कुल स्कोर बराबरी भएपनि नपोली क्वार्टरफाईनलमा पुग्ने आंकलनका साथ मैदानमा ओर्लेको थियो। 
 
दोस्रो हाफमा रियालले आफ्नो आक्रमणलाई अझ केही धारीलो बनाउँदै खेलको ५१औं मिनेटमा कप्तान सर्जियो रामोसले सुन्दर गोल गर्दै रियाललाई ठूलो राहात दिलाएका थिए। त्यस्तै खेलको ५७औं मिनेटमा रामोशले गरेको हेड नपोलीका ड्रिज मर्टेन्सले बाहिर निकाल्न खोज्दा गोल भएको थियो। 
 
कुल गोलमा ५-१को अग्रता भएपछि ९०औं मिनेटमा अलवेरो मोराटाले गोल गर्दै जित सुनिश्चित गरेका थिए। 
 
Ramos celebrates his header which cancelled out the Napoli away goal and quietened the vociferous crowd
 
Ramos is crowded by his team mates in celebration as Real passed a severe test to reach the Champions League last eight
 
Napoli players celebrate after Mertens beat Keylor Navas with a well-taken low shot into the bottom right corner
 
Incredibly, the Ballon D'Or winner hit the post with the goal gaping, thus ensuring Napoli  stayed ahead in the first half
 
The Naples natives, some of who had been in the ground since 2.30pm, made an enormous racket all night in the stadium
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ