arrow

सप्तरी घटनाप्रति राष्ट्रसंघ र अमेरिकाले मुख खोले

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
unided-nations.png
काठमाडौं  । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय तथा अमेरिकी दूतावासले सप्तरीको राजविराजमा सोमबार तीन जनाको मृत्यु तथा दर्जानौं घाइते भएको घटनापछि गहिरो चिन्ता व्यक्त गरेको छ । ‘स्थानीय चुनावको मुखैमा तनाव बढेकोप्रति हामी चिन्तित छौं’, राष्ट्रसंघीय कार्यालयले विज्ञप्तिमा भनेको छ । ‘भिडन्तमा भएका मृत्यु र घाइतेप्रति हामी चिन्तित छौं ।’ अभिव्यक्ति स्वतन्त्रता तथा भेला हुन पाउने कुरामा हिंसाको कुनै स्थान नरहेको उसले जनाएको छ ।
 
काठमाडौंस्थित अमेरिकी दूतावासले सप्तरी घटनाप्रति चिन्ता व्यक्त गर्दै ‘प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रुपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अंग हो । तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन’, दूतावासले वक्तव्यमा भनेको छ ।
(अन्नपूर्ण पोस्ट् दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ