arrow

स्थानीयको आरोप : प्रहरीले बस्ती पसेर गोली हान्यो

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
goli-new.jpg.jpeg
मलेठ, (सप्तरी) । एमालेको पूर्वघोषित कार्यक्रम ‘मेची–महाकाली अभियान’ फागुन २१ शनिबार  काँकडभिट्टाबाट सुरु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीले बिथोल्ने चेतावनी दिएको थियो।  सोहीअनुरुप सप्तरी मोर्चाले बिहीबारेदेखि  विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो।
 
मोर्चाले गाउँगाउँमा मसाल जुलुससहित एमालेविरुद्ध अभियान चलाउँदै आएको थियो । सप्तरीमा एमालेको प्रचारात्मक कार्यक्रममा पनि मोर्चाले अवरोध पु¥याएको थियो । सोही क्रममा शुक्रबार एमाले जिल्ला उपसचिव प्रतापनारायण चौधरीमाथि दुव्र्यवहारसमेत गर्न मोर्चा पछि परेन । सोही दिन दिउँसो एमाले पार्टी सचिव शम्भु यादवको झोला मोर्चाका कार्यकर्ता खोसे भने सांसद रञ्जु ठाकुर चढेको गाडीमा ढुंगामुढा गरियो ।
 
मोर्चाका कार्यकर्ताले आइतबार बिहानैबाट सप्तरीको राजविराज र एमाले कार्यक्रमस्थल तय भएको राजरंगशाला वरपर टायर बाल्दै प्रदर्शन गरेका थिए । राजरंगशालामा कार्यक्रम गरे मोर्चा–एमाले कार्यकर्ता तहमै भिडन्त निम्तिने खतरा देखेर एमाले सभा राजविराजबाट तीन किलोमिटर उत्तर बसबिटी ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सारियो । तर, सरकारी स्वामित्वको औद्योगिक क्षेत्रमा राजनीतिक कार्यक्रम गर्न पाइँदैन भन्दै मोर्चा कार्यकर्ताले त्यहाँ पनि अवरोध गर्न खोजे । मोर्चाका कार्यकर्ताले औद्योगिक क्षेत्रको मूलद्वारमै तालाबन्दी  गरे ।
 
तर, सोमबार बिहान सो क्षेत्रलाई सुरक्षाकर्मीले पूर्ण रूपमा नियन्त्रणमा लिएपछि एमाले कार्यक्रम तयारी सुरु भयो । बिहानैदेखि राजविराज, भारदह, कञ्चनपुर, रुपनीमा मोर्चाका कार्यकर्ताले टायर बालेर लाठीसहित प्रदर्शन गरिरहेका थिए । प्रदर्शनका कारण सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि एमाले नेताले भारदह–हनुमाननगर–राजविराज रुट परिवर्तन गरेर भारदह–कञ्चनपुर–रुपनी हुँदै औद्योगिक क्षेत्र प्रवेश गर्ने सुरक्षित बाटो रोजे ।
 
सुनसरी इनरुवाको कार्यक्रम सकेर एमाले अध्यक्ष केपी ओलीसहितको टोली सप्तरी प्रवेश गरेको थियो । भारदह, कञ्चनपुरमा कालो झन्डासहितको विरोध छिचोल्दै ओलीको टोली सोमबार अपराह्न ४ बजेतिर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र प्रवेश ग¥यो । त्यतिबेलासम्म मोर्चाका कार्यकर्ता सभास्थलनजिक पुगिसकेका थिए । ‘तर, उनीहरूलाई प्रहरीले औद्योगिक क्षेत्रबाट दक्षिण राजविराजतर्फ नै रोकेको थियो’, प्रत्यक्षदर्शी सुशीलादेवी साहले भनिन् ।
(नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ