arrow

सप्तरी घटना पछि अभिव्यक्ति फेर्दै मधेशी मोर्चा

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
morcha-.jpg.jpeg
काठमाडौं । मधेशी मोर्चाले पछिल्लो समय आफ्नो अभिव्यक्ति फेर्न थालेको छ । एमालेले सप्तरीमा आयोजनागर्न लागेको कार्यक्रममा अवरोध पुर्याएको आरोप लागेको मधेशीमोर्चाले सप्तरीमा ४ जनाको ज्यान जानेगरी गोली चलेपछि मधेशी मोर्चाले आफ्नो अभिव्यक्ति बदल्न थालेको हो । 
 
यस अघि सार्वजनिक रुपमा एमालेलाई मधेश छिर्न नदिने बताउँदै आएका मधेशी मोर्चाका नेताहरुले अहिले भने आफ्नो अभिव्यक्ति बदल्न थालेका हुन् । सोमबार घटना घटिसकेपछि बुधबार हाम्राकुरासँगको कुराकानीमा मधेशी मोर्चाका प्रभावशाली नेता महेन्द्र राय यादवले सप्तरीमा एमालेको कार्यक्रममा आफूहरुले अवरोध नगरेको दाबी गरे । 
 
यस अघिका अभिव्यक्ति त्यसै खेर गयो ? भन्ने प्रश्नमा नेता यादवले आफूले लिखित रुपमा कहिलै पनि कसैलाई निधेषको अभिव्यक्ति नदिएको स्पष्ट पारे । उनले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पनि  एमालेलाई बरु मधेशमा स्वागत गर्ने तर विरोध नगर्ने जनाएका छन् । 
 
यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गरे पनि मधेशीमोर्चाले अवरोध नगर्ने स्पष्ट पारे । ‘हामीले कहिले एमालेले कार्यक्रम गर्न पाउँदैनौं भन्यौ र ? प्रजातन्त्रमा कहिलै पनि कसैलाई निषेध गरिँदैन’ उनले हाम्राकुरासँग भने । ‘अब एमालेले मधेशको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेशी मोर्चाले हिजोपनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’ यादवले भने । 
 
यादवले अबको सातदिनपछि सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने भन्दै सात दिनभित्र आफ्ना मागहरु पूरा भएको खण्डमा समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने सवालमा मोर्चाले छलफल गरेर मात्रै टुङ्गोमा पुग्ने जानकारी दिए । आफ्नो कार्यकर्ता आन्दोलनमा गएको भए नेपाली काँग्रेसका कार्यकर्ता कसरी मारिन्छन् भन्दै यादवले अहिलेको आन्दोलन एकजना मधेशीको ज्यान गएको विरोधमा र प्रहरी प्रशासनले गरेको दमनको विरोधमा भएको जनाएका छन् । 
 
मोर्चाले औपचारिक रुपमा एमालेलाई निषेध गर्ने भनेर कुनै दस्तावेज निकालेको पनि छैन र उसले कार्यकर्ता खटाएको पनि छैन । तर, खुल्ला रुपमा यस अघि अभिव्यक्ति दिएमा मधेशी मोर्चाका नेताहरुले अहिले आफ्नो अभिव्यक्ति फेरेका छन् । यसरी एकाएक मधेशी मोर्चाको अभिव्यक्तिमा आमूल परिवर्तन आउनुले अचम्म मात्रै पारेको छैन । मधेशी मोर्चा एकाएक आक्रामक शैलीबाट कसरी नरम बन्दै गयो भन्ने चासो पनि बढ्न थालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ