arrow

सप्तरी घटना: एमाले–मोर्चा द्वन्दमा मारिए काँग्रेसी कर्मचारी

उपचार गर्न गएका अहेव फर्किन पाएनन्

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । सोमबार सप्तरीमा भएको गोलीकाण्डमा ज्यान गएका मध्ये एकजना काँग्रेसी कर्मचारीको सदस्य समेत रहेको पुष्टि भएको छ । उक्त गोली काण्डमा ज्यान गुमाएका आनन्द शाह नेपाली काँग्रेससँग सम्बन्धित कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघ तथा स्वास्थ्यकर्मी संघको समेत सदस्य रहेको भेटिएको हो । 
 
सप्तरी क्षेत्र नं ६ का प्रत्यक्ष तर्फका सांसद् सुरेन्द्र प्रसाद यादवले मृतक शाह नेपाली काँग्रेस समर्थित् कर्मचारी संघको सदस्य रहेको पुष्टि गरे । उनले आफ्नो कार्यालयीय काममा खटिँदै गर्दा उनको प्रहरीको गोली लागि ज्यान गएको जानकारी दिएका छन् । उनी सरकारले सञ्चालन गरेको पोलियो थोपा खुवाउने कार्यक्रम अन्तर्गत् पोलियो थोपा खुवाउने क्रममा ज्यान गएको नेपाल स्वास्थ्यकर्मी संघले जनाएको छ ।
 
यसरी सप्तरीको घटनामा ज्यानजानेहरु कोही पनि पार्टीका कार्यकर्ता नरहेको स्थानीय पत्रकारहरुले जनाएका छन् । उनीहरु आआफ्नो व्यवसाय सञ्चालन गरिरहेको र व्यक्तिगत काममा हिँड्दैगर्दा गोलीलागि ज्यान गएको बताईएको छ । यसरी मधेशी मोर्चा र एमालेको टक्करमा निर्दोष सर्वसाधारणले ज्यान गुमाउनु परेको पुष्टि भएको छ ।  
 
यसैबीच सप्तरीमा कार्यरत सिअहेब आनन्द साहको राष्टिय पोलियो अभियानको सिलसिलामा कार्यस्थलमै गोली प्रहारबाट निधन भएको स्वास्थ्यकर्मी संघले जनाएका छ ।  कार्यस्थलमा कर्तब्य पालनको शिलशिलमा ज्यान गुमेका साहलाई शहिद घोषणा गर्दै निजको परिबारको सन्ततिको भरणपोषणको जिम्मा राज्य पक्षले लिनु पर्ने स्वास्थ्यकर्मी संघका नेता ओम उपाध्यायले सरकारसँग माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ