arrow

बार्सिलोनाको अप्रत्याशित परिणामः च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

पीएसजी ६–१ ले पराजित, नेमारको दुई मिनेटमा दुई गोल

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
barca-champions-league.jpeg
क्याम्प नोउ । स्पेनिश क्लव बार्सिलोनाले फुटबलमा असम्भव केही छैन भन्ने प्रमाणित गरेको छ । च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनल पहिलो लेगको खेलमा ४–० ले पराजित भएको बार्सिलोनाले दोस्रो लेगको खेलमा ६–१ को जित हासिल गर्दै क्वार्टरफाइनलमा ठाउँ पक्का गरेको हो ।
 
पहिलो लेगमा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीले घरेलु मैदानमा उत्कष्ट प्रदर्शन गरे पनि दोस्रो लेगको खेलमा बार्सिलोनाले घरेलु मैदानमा जादूमय प्रदर्शन गरेपछि बार्सिलोना यतिबेला विश्व फुटबलमा चर्चामा आएको हो ।
 
बार्सिलोनालाई जिताउने क्रममा ब्राजिलियन स्टार नेमारले ८८ औं र ९० औं मिनेटमा दुई गोल गरेपछि बार्सिलोना एकाएक चर्चामा आएको हो । त्यस्तै इन्जुरी समयको अन्तिम सेकेन्डमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई जिताए ।
 
यसअघि तेस्रो मिनेटमा लुइस सुवारेजले, ४० औं मिनेटमा लेभिन कुर्जावाले आत्मघाती, ५० औं मिनेटमा लिओनल मेसीले पेनाल्टीमार्फत गोल गरेका थिए । तनावपूर्ण खेलको ६२ औं मिनेटमा एडिसन काभानीले पीएसजीलाई सान्त्वना गोल दिलाएका थिए । 
 
यो जितसंगै बार्सिलोनाले समग्रमा ६–५ को जित निकाल्दै क्वार्टरफाइनलमा ठाउँ बनाएको हो । 
 
त्यस्तै अर्को खेलमा विजयी हुँदै जर्मन क्लव बोरुसिया डर्टमण्ड पनि क्वार्टरफाइनलमा पुगेको छ । बोरुसियाले बेनेफिकालाई समग्रमा ४–१ ले हराएको हो । पहिलो लेगमा बेनेफिका १–० ले विजयी भएकामा दोस्रो लेगमा बोरुसिया ४–० ले विजयी भयो । 
Sergi Roberto is chased by team-mates Andre Gomes and Gerard Pique as they rejoice in a miracle win at the Nou Camp
Sergi Roberto is surrounded by his jubilant team-mates after his 95th minute goal sent Barcelona through
Barcelona's players celebrate at the full-time whistle after pulling off an incredible comeback against PSG
Lionel Messi celebrates with the home fans after Barca pulled off an incredible comeback against PSG
Luis Enrique and his coaching staff join in the celebrations on the pitch after the full time whistle had blown
Neymar leaps into his manager Luis Enrique's arms after Barca reached the quarter-finals in dramatic style
Neymar drops to his knees in celebration after Barcelona beat PSG to reach the last eight of the Champions League
The scoreboard is barely believable at the end of an incredible 90 minutes at the Nou Camp on Wednesday night
Luis Suarez is fouled by Marquinhos inside the box to give Barca a penalty and a chance at bringing them level on aggregate
Neymar makes no mistake from the penalty spot to set up a grandstand finish at the Nou Camp on Wednesday night
Neymar's brilliant free-kick sails into the top corner of the goal to put Barcelona 4-1 up on the night
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ