arrow

आगलागीबाट दशकोठे विद्यालय भवन ध्वस्त हुँदा करोड बराबरको क्षति

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
fire.jpeg
म्याग्दी । बेनी नगरपालिका–१३ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा  बुधबार राति भएको आगलागीबाट १० कोठे भवन जलेर नष्ट भएको छ । आगलागीबाट विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठामा पूर्ण रुपमा क्षति पुगेको छ । 
 
विद्यालयमा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ मूल्य बराबरको भौतिक पूर्वाधार र कार्यालयका महत्वपूर्ण दस्तावेजहरु जलेर नष्ट भएको शिक्षक रामप्रसाद शर्माले जानकारी दिए । 
 
उक्त भवनमा अत्याधिक काठको प्रयोग गरिएकाले आगोले भिषण रुप लिएको थियो । स्थानीयवासी, प्रहरी र नेपाली सेनाले करिब तीन घण्टापछि मात्रै आगो नियन्त्रणमा लिएको उनले बताए । 
 
कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा १७४ जना बालबालिका अध्ययनरत रहेका छन् । विद्यालय भवनमा आगलागी भएपछि पठनपाठन प्रभावित हुने भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ