arrow

एसीसी इमर्जिङ कपमा नेपालको समूहमा पाकिस्तान र बंगलादेश पनि

नेपाललाई तयारी समय नै भएन

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
ACC.jpeg
काठमाडौं । एसियाली क्रिकेट काउन्सिलको खेल तालिका अनुसार आगामी चैतमा हुने एसीसी इमर्जिङ कप क्रिकेटमा नेपाल समूह बी मा परेको छ । एसीसीले निकालेको तालिका अनुसार नेपालको समूहमा पाकिस्तान, बंगलादेश र हङकङ रहेका छन् ।
 
त्यस्तै समूह ए मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् । टेष्ट मान्यताप्राप्त राष्ट्रबाट भने यु–२३ वा ‘ए’ टिम खेल्ने बताइएको छ । ५० ओभरको उक्त खेल युएईमा हुने छ । 
 
युएईमा यही चैत २ गतेदेखि हुने उक्त प्रतियोगिता यदि सही समयमै आयोजना भए नेपालले प्रतियोगिताका लागि केवल दुई दिन आराम पाउने छ ।
 
नेपालले यही फागुन २८ गते शनिबार र फागुन ३० गते सोमबार कीर्तिपुर मैदानमा केन्यासंग आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ