arrow

'एराे बोर्ड' समेत नहुँदा ५४२० मिटरमा ज्यान जोगाउनै गाह्रो !

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
Everest.jpeg
काठमाडौं । पर्यटकीय क्षेत्र चोलापास पूर्वधार अभावमा जोखिमपूर्ण बन्दै गएपछी पयर्यटकले ज्यान गुमाउन थालेका छन् । बाह्रै महिना हिउँले ढाकिरहने सोलुखुम्बुको खुम्जुङस्थित चोलापास र  यस वरपर एरो बोर्डसमेत नहुँदा विदेशीले बाटो भुलेर ज्यानसमेत गुमाउने गरेका छन् । धेरै पर्यटक पुग्ने र बर्सेनि पर्यटकको ज्यान लिने चोलापास पूर्वाधार अभावमा झन झन जोखिमपूर्ण बन्दै गएको हो । 
 
समुद्र सतहबाट पाँच हजार ४२० मिटरको उचाइमा रहेको गोक्यो तालको बाट सगरमाथाको आधार शिविरतर्फ जाँदा पार गर्नुपर्ने चोलापास पूर्वाधार अभावमा जोखिमपूर्ण बन्दै गएको हो बर्सेनी हुने तापक्रमको परिवर्तनले भू बनावटमा हुने परिवर्तनले बाटोघाटोको नाम–निशाना भेटिँदैन, ग्लेसियर पग्लिएर ठाउँ ठाउँमा पोखरी र खर्पस बन्न थालेपछि यस क्षेत्रको बाटो झन कठिन बनेको पर्यटन व्यवसायी मिङमार शेर्पाको भनाइ छ। 
 
साहसिक पर्यटकीय पदमार्गको नामले समेत चिनिने चोलापासमा भएको बाटो हिउँले पुर्ने वा हिउँ पग्लेर चलायमान हुने हुँदा पर्यटक हराउने गरेका छन् । 
 
चोलापास पार गर्दा विभिन्न ठाउँमा भएका ढिस्का छल्दै हिँड्नुपर्दछ । बढी समय हिउँले ढाकिएको अप्ठ्यारो बाटो अन्दाजको भरमा हिँड्नु निकै चुनौतीपूर्ण हुन्छ । चोलापासमा मात्र होइन चोलापास पार गरिसकेपछि पनि अप्ठ्यारो बाटो काट्नुपर्ने भएकाले यो पासलाई खतरनाक मानिएको टेकिङ व्यवसायी राम बम्जन बताउनछन् । 
 
सगरमाथा आधार शिविर तथा कालापत्थरको यात्रा पार गरी गोक्यो ताललगायतका क्षेत्र हेर्न चाहनेले चोलापास गर्नैपर्छ वा गोक्यो क्षेत्रको भ्रमण सकेर आधार शिविर वा कालापत्थर जान चाहने हो भने पनि चोलापास पार गर्नैपर्छ । पर्यटकको समस्या समाधानका लागि ठाउँठाउँमा फलामको पोल गाडी डोरी टाँग्ने व्यवस्था मिलाउनुपर्ने टेकिङ व्यवसायीको भनाइ छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ