arrow

अमेरिकामा बाढी र आँधीले २६ को मृत्यु, ओक्लाहोमा १६ फिटसम्म हिउँ पर्ने सम्भावना

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
USA.jpg.jpeg
एजेन्सी । अमेरिकामा भएको भारी वर्षापछी बाढीमा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । एक हप्ता देखि त्यहाँ आँधी आइरहेको छ । मिनिसिपी राज्यमै कम्तिमा १० जनको मृत्यु भएको छ । टेनेसीमा ६ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अराकांस र अलाबामा समेत मानवीय हताहती भएको छ । उत्तर टेक्सस राज्यमा आएको टोर्नाडो आँधीमा परेर कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
A water tower still stands near a neighborhood on Pebble Beach Drive that sustained heavy damage after a tornado touched down Saturday, Dec. 26, 2015
 
अधिकारीहरुले ओक्लाहोमा शक्तिशाली बर्फिला आँधी आउन सक्ने बताएका छन् । त्यहाँ ऐतिहासिक सिरेटो चलेको छ भने, १६ इन्च भन्दा बढी हिउँ पर्न सक्ने सम्भावना छ । सडकमा सवारी साधन चिप्लिरहेकाले चालकहरुलाई सावधान हुन  उर्दी जारी भएको छ । मिनिसिपीमा ५६ स्थानीय घाइते भएका छन् । त्यहाँ ४ सय घरमा क्षती पुगेको छ । राज्यमा कम्तिमा पनि २० आँधी आइसकेका छन् । आँधीकै कारण विद्युत र संचार सेवा अवरुद्ध भएको छ ।  
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ