arrow

सीमामा भारतीय ज्यादती : गृहले भनेपछि बल्ल परराष्ट्रले यसबारे सोच्ने !

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
foreign-ministry.jpeg
काठमाडौं । कञ्चनपुरमा भएको भारतीय प्रहरीको ज्यादतीलाई सिंहदरबारले भने हल्का रुपमा लिएको पाईएको छ । एउटा देशको सीमा सुरक्षामा खटिएको प्रहरीमाथि अर्काे देशको पैहरीले आएर निर्घात् कूटपीट गर्दा पनि नेपालको परराष्ट्र मन्त्रालयले भने यसलाई गम्भीर रुपमा लिन सकेन । 
 
बिहीबार विहान भएको कञ्चनपुरको घटनामा पाँच जना सशस्त्र प्रहरीमाथि निर्घात कुटपीट भएको खबर बाहिर आईरहँदा परराष्ट्र मन्त्रालयले भने यस बारेमा गृहले औपचारिक पत्र पठाएपछि मात्रै के गर्ने भनेर सोच्ने भन्दै गैरजिम्मेवार उत्तर दिएको हो । 
 
सोही घटनामा भारतीय प्रहरी बल एसएसपीको गोलीबाट एक जनाको ज्यान समेत भएको छ । दक्षिण एशिया महाशाखा प्रमुख भृगु ढु्रगानासँग यस विषयमा कुरा गर्दा उनले गृहमन्त्रालयले लिखित जानकारी दिएपछि यस विषयमा मन्त्रालयले कस्तो कदम चाल्ने हो भनेर सोच्ने जानकारी दिए । 
 
प्रहरीमाथि भएको ज्यादतीको विषयमा परराष्ट्र मन्त्रालयले कस्तो कदम चाल्छ भन्ने प्रश्नमा उनले त्यो सबै गृहले पठाएपछि घटनाको आधारमा कुराकानी हुने भन्दै अहिलेसम्म परराष्ट्रले यसबारे कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पारे । 
 
त्यसो त उनलाई भन्दा पहिलो परराष्ट्रसचिव शंकरदास बैरागीसँग कुराकानी गर्दा उनले सो विषयमा दक्षिण एशिया महाशाखाले हेर्ने भन्दै उनैलाई सम्पर्क गर्न आग्रह गरे । 
 
कुनैपनि परराष्ट्र सम्बन्धि मामला हेर्ने काम परराष्ट्र मन्त्रालयको हो । त्यसैमाथि पनि प्रहरीमाथि अर्काेदेशको प्रहरीले ज्यादती गरेको कुरा अन्य मुलुकमा हो भने गम्भीर र एकदमै संबेदनशील विषय हो । तर, परराष्ट्र मन्त्रालय भने यस विषयमा कानमा तेलहालेर बस्नुले आम नेपालीमा आक्रोश मात्रै होईन नैराश्यता समेत छाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ