arrow

जाजरकोटमा गाडी दूर्घटना, बाइसको मृत्यु

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
जाजरकोट । सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस बिहीबार दुर्घटनामा पर्दा २२ यात्रुको निधन भएको छ । भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा एकचालिस जना घाइते भएको प्रहरीले बताएको छ । 
 
घाइतेलाई जिल्ला अस्पतालमा ल्याइएको छ । त्रिचालिस यात्रु सदरमुकामबाट गएको चलानी पुर्जीमा उल्लेख छ । बस ४०० मिभन्दा अग्लो भिरबाट खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ