arrow

उपप्रधानमन्त्रीमा कमल थापाले लिए सपथ

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
kt_saphat.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको उपस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । 
 
बुधबारसम्म कुनैपनि चर्चा समेत नचलेको उनको एक्कासी बिहीबार दिउँसो हाम्राकुराले समाचार प्रकाशन गरेपछि मात्रै मन्त्री बन्ने विषयमा बाहिर चर्चा भएको थियो । सप्तरी घटनापछि राष्ट्रिय राजनीतिमा उतारचढाव आइरहँदा राप्रपाले मेची महाकाली यात्रालाई स्थगित गरेको थियो । सप्तरी घटनापछि मधेश केन्द्रित राजनीतिक दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा अलमलमा रहँदा राप्रपाका तर्फबाट सरकारमा सहभागी हुनुले सरकारलाई अझ वलियो बनाउने विश्लेषण गरिएको छ । 
 
राप्रपाको महाधिवेशनबाट शक्तिशाली अध्यक्षमा निर्वाचित भएका कमल थापाले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीको सपथ ग्रहण गरिरहँदा माओवादीका हितराज पाण्डेलाई माओवादीले फिर्ता वोलाएको छ । 
 
राप्रपाका तर्फबाट सरकारमा यसअघि नै सहभागी भएपनि पार्टीका तर्फबाट नेतृत्व गरेर कमल थापा गएका हुन्। उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरी पर्यटन मन्त्री बन्ने भएका छन् । बिहीबार हुनलागेको मन्त्रीमण्डलमा  थापा पछि गिरीले पनि सपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ