arrow

जाजरकोट बस दुर्घटनामा तेईसको मृत्यु, घाईतेलाई नेपालगञ्ज ल्याइयो

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
Jajarkot-hamrakura.jpg.jpeg
जाजरकोट। सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस आज दुर्घटनामा पर्दा २३ यात्रुको निधन भएको छ । 
 
भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा एकचालिस जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई जिल्ला अस्पतालमा ल्याइएको छ । 
 
जाजरकोटमा उपचार हुन नसक्ने गंभिर घाईतेलाई सेनाको हेलिकप्टरद्वारा नेपालगञ्ज ल्याईएको छ। 
 
त्रिचालिस यात्रु सदरमुकामबाट गएको चलानी पुर्जीमा उल्लेख छ । बस ४०० मिभन्दा अग्लो भिरबाट खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ