arrow

आइतबारदेखि नयाँ स्थानीय संरचना लागु हुने, हाल कायम भएका सबै निकाय विघटन

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
local-level.jpeg
काठमाडौं । नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछन् । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् ।
 
नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) हुनेछन् ।
 
संविधानअनुसार स्थानीय तह (७ सय ४४ वटा गाउँ–नगरपालिका) पुनः संरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिारीलाई बिहीबार निर्देशन दिएको हो ।
 
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषद्बाट पारित स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन आइतबारदेखि लागु हुने बताए ।
 
उनका अनुसार जिविसहरु जिल्ला समन्वय समितिमा रुपान्तरण हुनेछन् । गाविस र नगरपालिका हालका जुन नगरपालिका वा गाउँपालिकाका रुपमा कायम भएका छन्, तिनैबाट संचालन हुनेछन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ