arrow

दक्षिण कोरियाली राष्ट्रपति हेईलाई महाअभियोग लाग्ने पक्का, अदालत पनि संसदकै पक्षमा

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
park-geun-hye.jpeg
सिओल । दक्षिण कोरियाकी पहिलो जननिर्वाचित राष्ट्रपति पार्क गुयन हेईलाई महाअभियोग लाग्ने पक्का भएको छ ।  हेईलाई महाअभियोग लगाउने संसदको निर्णय अदालतले सदर गरेको हो ।
 
अदालतको यो निर्णयसँगै हेई बर्खास्तीमा पर्नेछिन् । उच्च संवैधानिक अदालतका आठ सदस्यीय न्यायाधीशको इजलाशले हेईलाई हटाउने प्रशस्त आधार रहेको भन्दै संसदको निर्णय सदर गरेको हो ।
 
पार्कले संवेदनशील कागजपत्र चुहाएर कानुनको उल्लंघन गरेकोसमेत अदालतको ठहर रहेको छ । महाअभियोग लागेसँगै गत डिसेम्बरबाट पार्कलाई सबैखाले भूमिकाबाट वञ्चित बनाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ