arrow

जाँदाजाँदै हितराज पाण्डेले खारेज गरे गाविस र पुराना नगरपालिका !

राजपत्रमा प्रकाशित

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
local-level.jpeg
काठमाडौं । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका निवर्तमान मन्त्री हितराज पाण्डेले जाँदाजाँदै स्थानीय तहको नयाँ संरचनामा हस्ताक्षर गरेका छन् । बिहीबार आफ्नो यस पटकको कार्यकालको अन्तिम हस्ताक्षरको रुपमा गरेको पुराना गाविस तथा नगरपालिका खारेज गर्ने निर्णय सहितको प्रतिवेदन शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले निवर्तमान मन्त्री पाण्डेले जाँदाजाँदै गरेको हस्ताक्षर सहितको उक्त प्रतिवेदन राजपत्रमा प्रकाशित भएको बताए । निवर्तमान मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठीत तीन सदस्यीय कार्यदलको सिफारिसअनुसार मन्त्रिपरिषद्को गत आर्इतबारको बैठकले स्थानीय तहको संख्या सात सय ४४ कायम गर्ने निर्णय गरेको थियो।
 
अहिले पारित भएको प्रतिवेदनमा दुई नम्बर प्रदेशमा २१, मनाङमा एक, बझाङमा एक र काठमाडौंमा दुई स्थानीय तह थपिएका छन् । काठमाडौंमा शंखरापुर र दक्षिणकाली, बझाङमा काँडा गाविसलाई छुट्टै स्थानीय तह बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। मन्त्रिपरिषद्ले नुवाकोट जिल्ला प्राविधिक समितिको सिफारिसअनुसार स्थानीय तह निर्धारण गरेको छ भने खोटाङमा आयोगको सिफारिसलाई नै मान्यता दिएको छ ।
यससँगै अब गाविसबासीहरु गाउँपालिकाबासी भएका छन् भने मुलुकमा ४ वटा महानगरपालिका भएको छ । 
No automatic alt text available.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ