arrow

सप्तरी घटनामा ज्यान जानेको संख्या फेरि थपियो, संख्या पुग्यो ५

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
golikanda_saptari.jpeg
काठमाडौं । सप्तरी घटनामा ज्यान जानेको संख्या फेरि एक जना थपिएको छ । शुक्रबार उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत जमुनी मध्यपुरा बस्ने ५७ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएपछि घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको प्रहरीले जनाएको छ । 
 
स्थानीय पत्रकार सञ्जीव विक्रम शाहले दिएको जानकारी अनुसार उक्त घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । यस अघि घटनास्थलमै ज्यान गुमाएका सञ्जन मेहेता बाहेक विरेन्द्र महतो, ३५ वर्षीय पिताम्बर मण्डल  र २८ वर्षीय आनन्द शाहकाे उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ