arrow

महासंघलाई जन्माउने २१ महापुरुषहरु को-को हुन् जानीराखौं

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
FNCCI_ADOHOP-COMMITY.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अहिले ५० वर्ष पूरा भएर ५१ वर्षमा लागेको छ । २०२२ सालमा राजा महेन्द्रको सक्रियतामा स्थापना भएको उक्त संस्था अहिले आर्थिक क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा बजारमा चर्चामा रहेको छ । अहिले यही संस्था नयाँ नेतृत्वको लागि पनि तयारीमा छ । सबै आकांक्षीहरुले आआफ्नो पक्षमा भोटमाग्न सक्दो कोशिस पनि गरिरहेका छन् । यस्तो अवस्थामा नेपाल उोग वाणिज्य महासंघको स्थापना गरी यसलाई अघि बढाउनको लागि कसले कसरी काम गरेका थिए भन्ने पनि चासोको विषय बनिरहेको छ । 
 
तत्कालीन समयमा गठन भएको तदर्थ समितिमा कूल २१ जना सदस्यहरु रहेका थिए । तात्कालीन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लोकराज जोशीको नेतृत्वमा गठन भएको तदर्थ समितिमा मेची कोशी सगरमाथा, वाग्मती, नारायणी, गण्डकी, लुम्बिनी, राप्ती, कर्णाली, राप्ती, भेरी, सेती र महाकाली गरी सबै अञ्चलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । 
 
जसमा वाग्मतीबाट ६ जना र कोशीबाट ३ जना बाहेक प्रत्येक अञ्चलबाट एकएक जना सदस्य रहनेगरी गठन भएको थियो । जसमध्ये अहिले एक जना मात्रै जीवित रहेका छन् । अहिले महाकाली अञ्चलको तर्फबाट महासंघमा प्रतिनिधित्व गरेका मोहनसिंह ऐतवाल अझै पनि महासंघको राजनीति नियालीरहेका छन् भने उनी अहिले पनि सक्रिय जीवन विताईरहेका छन् । अन्यको भने निधन भईसकेको छ । 
 
महासंघको तदर्थ समितिमा सहभागी रहेका सदस्यहरुको नामावली तस्वीरसहित तल प्रस्तुत गरिएको छ । 
 
१, अध्यक्ष लोकनाथ जोशी (तत्कालीन अध्यक्ष नेपाल चेम्बर अफ कमर्स) 
२, सदस्य त्रिरत्न श्रेष्ठ, मेची 
३ सदस्य जुद्द बहादुर श्रेष्ठ, कोशी 
४ सदस्य गजेन्द्र बहादुर प्रधानांग, कोशी
 ५ सदस्य हुलासचन्द्र गोल्छा, कोशी 
६ सदस्य पूर्ण बहादुर ताम्राकार, सगरमाथा 
७ सदस्य पशुपति गिरि, जनकपुर 
८ सदस्य बेखानाथ श्रेष्ठ, बागमती 
९ सदस्य रतिराम अग्रवाल, बागमती 
१० सदस्य इन्द्रभत्त श्रेष्ठ, बागमती 
११ सदस्य गोपाल राजभण्डारी, बागमती 
१२ सदस्य गोपी माधब देवकोटा, बागमती 
१३ सदस्य राज बहादुर चिपालु, बागमती 
१४ सदस्य मणिहर्ष ज्योति, नारायणी 
१५ सदस्य त्रैलोक्यनाथ श्रेष्ठ, गण्डकी 
१६ सदस्य सूर्य लाल प्रधान, लुम्बिनी 
१७ सदस्य दिल्ली बहादुर थापा, राप्ती
१८ सदस्य पद्म सुन्दर मल्ल, कर्णाली
१९ सदस्य कृष्ण गोपाल टण्डन, भेरी
२० सदस्य दीलिप सिह मल्ल, सेती
२१ सदस्य मेहन सिह एतवाल, महाकाली 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ