arrow

सुदूरपश्चिममा भारतीय नागरिक र सवारीमाथि खोजीखोजी आक्रमण

बाहिर निस्कन छाडे भारतीय

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
sudurpaschim_band.jpeg
काठमाडौं । बिहीबार भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागी एक नेपालीको ज्यान गएपछि सुदुरपश्चिम भारतप्रति आक्रोशित बन्दै गएको छ । अहिले सुदूरपश्चिमका दक्षिणी भेगमा चर्काे प्रदर्शन चलिरहेको छ भने प्रदर्शनकारीहरुले भारतीय नागरिक र भारतीय सवारी साधनलाई खोजीखोजी आक्रमण गर्न थालेका छन् । आक्रोशित भीडले शुक्रबार बिहान एउटा प्रहरीको मोटरसाईकलमाथि समेत आगजनी गरेका थिए । 
 
प्रदर्शनकारीले राष्टिय अनुसन्धान विभागका अधिकारीहरुले प्रयोग गर्ने म १ ब १५१ नम्बरको मोटरसाईकलमाथि आगजनी गरेका हुन् । उनीहरुले अहिले भारतसँग सीमा जोडिएको ठाउँमा नेपाली सीमा सुरक्षा बल राख्नुपर्ने, भारतीय हस्तक्षेप रोक्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् । यस अघि समेत पटकपटक भारीय प्रहरीको हस्तक्षेपको शिकार बनेका नेपालीहरुले बिहीबार भने भारतीय प्रहरीको गोलीलागि ज्यान समेत गुमाउनु परेको थियो । 
 
अहिले सुदूरपश्चिमका विभिन्न शहरहरुमा चर्काे नाराबाजी सहित प्रदर्शन चलिरहेको छ । बिहीबार घटनाघटेको पुनर्वासमा विहानैदेखि स्थानीयले चर्काे प्रदर्शन गरीररहेका छन् । त्यस्तै, ढाँके बजार, आईविआरडी बजार, र महेन्द्रनगर बजारमा समेत चर्काे प्रदर्शन भईरहेको छ । त्यस्तै, बैतडीको डेहीमाण्डु बजारमा पनि बिहान १ घण्टा भारतीय हस्तक्षेपको विरोधमा चर्काे प्रदर्शन भएको थियो । 
 
अहिले भारतीइ सवारी साधन र भारतीय नागरिकहरु समेत बाहिर निस्कन सकेका छैनन् । विभिन्न व्यवसायको लागि नेपालमा रहेका भारतीयमूलकाहरु प्रदर्शनकारीको निशानामा पर्ने भएपछि उनीहरु बाहिर निस्कन नसकेका हुन् । बिहान महेन्द्रनगरमा एउटा भारतीय गाडी निस्किएकोमा आन्दोलतकारीले तोडफोड गर्न खोजेपछि प्रहरीले उक्त गाडीलाई भगाएको थियो । त्यस्तै, भारतीय मूलका रिक्सा चालकहरुलार्इ पनि प्रदर्शनकारीले निशाना बनाएपछि उनीहरु पनि बाहिर निस्कन छाडेका छन् ।
 
स्थिती सामान्य नभएसम्म नेपालमा रहेका भारतीयहरुलाई अनावश्यक रुपमा बाहिर ननिस्कन प्रहरीले बिहीबार सूचना नै जारी गरी आग्रह गरेको थियो । अहिले प्रदर्शनका कारण महेन्द्रनगरलगायतका शहरहरु पूर्णरुपमा ठप्प रहेका छन् । जसले जनजीवन प्रभावित हुन पुगेको छ । अहिले ती शहरहरुबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनहरु चल्न सकेका छैनन् । 
 
तस्वीरमा हेर्नुहोस् प्रदर्शनका कारण प्रभावित भएको सुदुरपश्चिमको जनजीवन ः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ