arrow

जिविस र गाविस हटेर गाँउपालीका कार्यन्वयन

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
gaupalikas.jpeg
बझाङ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको परिपत्र अनुसार शुक्रवार जिल्ला विकास समिति बझाङले जिल्ला विकास समिति हटाएर जिल्ला समन्वय समिति लागु गरेको छ । यसका साथै गाँउ विकास समिति हटाएर गाँउ पालीका लागु गरि सोहि अनुसार काम गर्न गराउन र्निेदेशन दिएको छ । 
 जिल्लामा जिल्ला विकास समिति हटाएर जिल्ला समन्वय समिति रहने व्यवस्था भएपछि शुक्रवार नै  जिल्ला विकास समितिले जिविसको आर्थिक कारोवार बन्द गरि प्रस्तावित गाँउपालीका र नगरपालीकामा कर्मचारीको समेत खटनपटन गरेको छ । 
 
मन्त्रालयको परिपत्र अनुसार आजै हामीले जिविस वाट हुने आर्थिक कारोवार बन्द गरि साईन बोर्ड समेत जिल्ला समन्वय समिति बनाउन लगाएका छौ निमित्त स्थानिय विकास अधिकारी जगत प्रशाद जोशीले भन्नु भयो प्रस्तावित गाँउपालीकामा समेत कर्मचारीको खाका बनाएका सोही अनुसार काम गर्न गराउन निर्देशन दिएका छौ । 
 
बझाड जिल्लामा  २ नगरपालीका साथै १० गाँउपालीका रहेका छन् । जिल्ला विकास समितिका नायब सुब्बा नारद खड्काले भन्नु भयो अव हालको गाँउपालीका रहेका गाविस सचिवहरु मध्यवाट तहको जेष्ठताको आधारमा गाविस सचिवहरु लाई गाँउपालीकाको कार्यकारी अधिकृत तोकेका छौ । उनका अनुसार काँडा गाँउ पालीकामा निमित्त कार्यकारी अधिकृत कृष्णराज जोशी तोकेको छ यसका साथै तल्कोट गाँउ पालीकामा मदन वम्म ,  केदार सैसु गाँउ पालीकामा धनराज जोशी , दुर्गाथली गाँउपालीकामा मकर मण्डेल, थलारा गाँउपालीकामा गणेश राज जोशी लाई तोकेको छ । 
 
   यसका साथै थपभएको बुंगोल नगरपालीकामा धर्मराज उपाध्यया , वित्थड चिर गाँउपालीकामा जनकराज पन्त, मष्टा गाँउपालीकामा कृष्णराज जोशी, सुर्मा गाँउपालीकामा शिवराज जोशी , खप्तड छान्ना गाँउपालीकामा जयराज  थापा र छविस पाथिभेरा गाँउपालीकामा गगन बहादुर ऐडी लाई निमित्त कार्यकारी अधिकृत तोकेको छ । 
 
शुक्रवार  वाटै सवै गाँउ पालीका र प्रस्तापित नगरपालीकामा कार्यालय स्थापना गरि साईन्बोर्ड , लेटर प्याड , छाप बनाएर सम्वन्धित गाँउपालीकामा गएर कामकाज गर्न  निर्देशन दिएको पनि निमित्त स्थानिय विकास अधिकारीले जोशीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो अव गाविसको खाता बन्दगरि गाँउपालीकाको नामा खोलेर सोहि अनुसार कामकाज गर्न लगाएको छु । 
 
  गाँउपालीका केन्द्र कहाँ रहने भन्ने पनि केहि ठाँउमा टुड्गो नलागेको छैन केन्द्र रहने  ठाँउमा कर्मचारी सहित अन्य पुर्वाधारको समस्या भएकाले गाँउपालीका बाट हुनेकाम काज केहि असहज हुने कर्मचारीहरुले वताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ