arrow

कुन स्थानिय तहमा पर्छ तपाईको घर (विस्तृतमा)

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
17270336_10206561407273046_653283264_n.jpeg
काठमाडौं। स्थानीय तहको संरचनाको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपनि सरकारले राजपत्रमा प्रकाशित गरेसँगै पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएका छन्। पुरानो संरचनाको ठाउँमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना शुक्रवारदेखि कार्यान्वयनमा आएको छ।
 
उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्रीमा कमल थापा आए लगत्तै यो नयाँ संरचना सार्वजनिक भएको छ । तर निवर्तमान भएका स्थानिय मन्त्री हितराज पाण्डेको पालामा नै यो राजपत्रमा प्रकाशित गर्न पठाइएको थियो।
 
पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहमा २५ वटा थप गर्दै सरकारले ७४४ वटा स्थानीय तह बनाएको छ। ७४४ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ। उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्री थापाले राजपत्रलाई सार्वजनिक गर्दै नयाँ तहलाई कार्वान्यवनका लागि अब स्थानिय तहको चुनावमा सरकार लाग्ने बताए।
 
पुरानोलाई विस्थापित गर्दै अब नयाँ सार्वजनिक भएको स्थानिय तहमा अभ्यस्त हुने अवस्था सिर्जना भएको छ। व्यक्तिगत रुपमा तपाई भने कुन स्थानिय तहमा पर्नुभएको छ ? तपाइको पुरानो ठेगाना र नयाँ गाउँपालिका वा नगरपालिकामा कहाँ पर्छ त्यसका लागि यहाँ हेर्नुहोलाः
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ