arrow

भारततर्फ नेपाली झण्डा सहित हजारौंको मार्च पास

सशस्त्रले मानव साङलो बनाएर रोक्यो, एसएसबीद्वारा दिनभर हवार्इ फायर

logo
दिपेन्द्र बस्नेत,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
nepali_flag_nepal.jpeg
कञ्चनपुर। गोलीलागी एक नेपालीको निधनभएपछि आक्रोशित बनेको कञ्चनपुरको नेपालीभीड अहिले नेपाली झण्डा सहित नेपाल भारतको सीमामा आन्दोलन गरिरहेका छन् । प्रहरीको उच्च सतर्कताकाबीच हजारौं संख्यामा रहेका नेपालीहरुले दिनभर प्रदर्शन गरेका छन् । 
 
पुनर्वास क्षेत्रमा भएको तनाव कम गर्नको लागि अहिले नेपाली सुरक्षाकर्मीहरु नेपाल र भारतकागरी झण्डै पाँच सयको हाराहारीमा तैनाथ भएका छन् भने भारतीय भूमि तर्फ पनि सोही मात्रामा एसएसबी परिचालित भएका छन् । 
 
प्रहरीलाई विहानैदेखि भीड नियन्त्रणको लागि हम्मेहम्मे परिरहेको छ । प्रदर्शनकारीले नेपालीमाथि गोली चलाउने एसएसपीमाथि आक्रमण गर्न नदिएको भन्दै प्रहरीमाथि समेत ढुंगामुढा गरिरहेका छन् । नेपाली राष्ट्रिय झण्डाका साथमा गएका नेपालहरुहरुलाई रोक्नको लागि अहिले सशस्त्रप्रहरीले मानव सांलो बनाएर रोकिरहेको छ । 
 
यसैबीच स्थानीयमाथि बिहीबार सशस्त्रले गरेको ज्यादतीपछि आक्रोशित भएका नेपालीहरुले भारतीय नागरिकले पुनर्वासमा  खोलेका १२ वटा पसलमाथि तोडफोड गरेका छन् भने दुई ट्याक्टरमाथि आगजनी गरेका छन् । 
 
सीमा पारी करीब ६ सयको हाराहारीमा भारतीयहरु रहेका छन् । दिनभरीमा एसएसबीले नेपाललाई त्रास बढाउनको लागि दिनभरीमा २८ राउण्ड हवाई फायर गरेको थियो भने २० सेल अश्रुग्यास प्रहार गरेको थियो । साँझसम्म पनि यहाँको स्थिती तनावग्रस्त बनिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ