arrow

छिमेकीको अहङ्कारी व्यवहार स्वीकार्य छैनःओली

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
olis-udhgatan.png
हेटौँडा । सप्तरीको राजविराज घटनापछि स्थगित नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय जागरण अभियान शुक्रबार हेटौँडाबाट पुनः सुरु भएको छ । 
 
शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समानता र पारस्पारिक लाभका आधारमा छिमेकी देशसँग मित्रता कायम राख्न चाहन्छ तर भूगोलका हिसाबले अहङ्कारी व्यवहार हामीलाई स्वीकार्य छैन भने। उनले राजविराजको घटनामा सत्ताधारी दलहरुको नियत के हो भन्ने प्रस्ट हुनुपर्‍यो भन्दै सो घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री ओलीले कञ्चनपुरमा भारतीय एसएसबीले गरेको घटना निन्दनीय छ भने। 
 
सभामा एमाले महासचिव ईश्वर पोखरेलले ‘एमालेविरुद्ध जबर्जस्त मोर्चाबन्दी भइरहेकाले एमालेको राष्ट्रवादी आन्दोलन सही हो भन्ने पुष्टि भएको’ बताउँदै राष्ट्रियताका लागि जनतालाई एक जुट बनाउन एमाले लागिरहन्छ भने। 
 
एमालेको जनजागरण अभियानको र्‍याली शनिबार हेटौँडाबाट सुरु भएर चितवन हुँदै नवलपरासी पुग्ने कार्यक्रम रहेको जनाइएको छ । अभियान यही फागुन २१ गतेदेखि झापाबाट सुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ