arrow

बाग्मती सफाइ महाअभियान दुई सयौं हप्तामा, यसपटक बाग्मती पदयात्रा

शीर्ष नेतासहित उच्च पदस्थ व्यक्ति सफाइमा

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
200-week.jpeg
काठमाडौं । बाग्मती सरसफाइ अभियानको दुई सय हप्ता पूरा भएको छ । हरेक हप्ता शनिबार हुँदै आएको सफाइ महाअभियानले दुई सय हप्ता पार गरेको अवसरमा यसपटक बाग्मती पदयात्रा नै भइरहेको छ । 
 
बाग्मती सफाई महाअभियानका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल शंखमूल क्षेत्रमा, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तीलगंगामा, एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कोटेश्वर महादेवस्थान क्षेत्रमा सरसफाई अभियानमा सहभागी भएका छन् । 
 
शेरबहादुर देउवाले तीलगंगामा सफाइ गर्दै ऐक्यवद्ध हुनसमेत आव्हान गरे । https://www.facebook.com/hamrakura/videos/1504883519545192/
 
०७० साल जेठ ५ देखि शुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा थालिएको हो ।
 
शीर्ष दलका नेताहरुका साथै अन्य उच्च पदस्थ पदाधिकारीहरु सफाइमा सहभागी भएका छन् । बाग्मती सफाइ महाअभियानका मुख्य व्यक्ति पूर्व मुख्य सचिव एवं हालका चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल यसै अभियानका लागि काठमाडौं आइपुगेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ