arrow

विप्लव माओवादीको बन्द आव्हानः प्रभाव न्यून, सवारी निर्वाध रुपमा चले

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
rainy-kathmandu.jpeg
काठमाडौं । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर गत बिहीबार नेपाली युवा गोविन्द गौतमको मृत्यु भएपछि भारतीय ज्यादती र अत्याचारको विरोधमा शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ ।
 
तर सो बन्दको भने काठमाडौं उपत्यकामा खासै प्रभाव परेको छैन । बिहानको समयमा विभिन्न यातायात व्यवसायी समितिले गाडीलाई क्यूमा राख्न नमाने पनि त्यसपछि भने निर्वाध रुपमा सवारी साधन चलेका छन् । 
 
बजार पनि खुलेको छ । शनिबार भएकाले र वर्षा पनि भएकाले भने सवारीको चाप बाक्लो भने छैन । 
 
राजधानीबाट बाहिरिने र भित्रने सवारीसाधन पनि नियमित रुपले संचालन भइरहेको प्रहरीले जनाएको छ । 
 
भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आएर नेपालीमाथि नै गोली हान्दा पुष्पकमल दाहाल प्रचण्ड सरकार रमिते बनेको भन्दै विप्लव माओवादीले बन्द आव्हान गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ