arrow

बुवाको स्मृतिमा खत्रीले गरे आर्थिक सहयोग,विद्यालयमा क्यामेरा जडान

logo
कौरव खत्री,
प्रकाशित २०७३ फागुन २८ शनिबार
17155852_1311952388898782_3220027384164428347_n.jpeg
गुल्मी।गुल्मीको वामीटक्सारमा रहेको महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयको लागि एक व्यक्तिको आर्थिक सहयोगमा विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ ।
 
सोही गाविस वडा नं. ५ अर्छुङ्ग निवासी हाल अष्ट्रेलियामा रोजगारीमा कार्यरत लालसिंह खत्रीले आफ्नो स्वर्गीय बुवा झोजन सिंह खत्रीको स्मृतिमा  २ लाख,५० हजार रकम विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको  विद्यालयका निमित्त प्राचार्य बुद्धिप्रसाद सापकोटाले जानकारी दिए । सहयोग रकमले विद्यालयमा आउटडोर र इन्डोर गरि कक्षाकोठा र अफिसमा समेत गरि १७ वटा सिसि क्यामराको विद्यालयमा जडान गरिएको छ ।
 
विद्यालयमा सिसि क्यामरा जडान र यसको प्रयोगले शैक्षिक गुणस्तर बृद्धिमा सघाउमा थप बल पुग्नुका  साथै विद्यालयका सम्पूर्ण सामग्रीहरुको सुरक्षा र  विद्यालयको दैनिक पठनपाठन र शैक्षिक गतिविधिको जानकारी लिन र स्थिति बुझ्नन सहयोग पुग्ने निमित्त प्राचार्य बुद्धिप्रसाद सापकोटाले जानकारी बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ