arrow

नेपाल विरुद्ध केन्या २९ ओभरमा १०४ रनको चुनौती पछ्याउँदै

नेपाललाई पहिलो सफलता

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
cricket-nepal.jpeg
काठमाडौं । नेपाल विरुद्धको खेलमा केन्याले २९ ओभरमा १०४ रनको चुनौती पछ्याइरहेको छ । डर्क वर्थ लुइस नियम अनुसार केन्याले सहज चुनौती पाएको हो । नेपालले भने केन्यालाई ८ रन दिंदा बसन्त रेग्मीमार्फत पहिलो विकेट लिएको छ ।
 
यसअघि नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाएको थियो । यता शक्ति गौचन र सोमपाल कामीले अन्तर्राष्ट्रिय क्रिकेटमा नवौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेका छन् । 
 
विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं चरणको पहिलो खेलमा केन्या विरुद्धको खेलमा दुवैले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका हुन् ।
 
सो क्रममा शक्तिले १८ तथा सोमपालले १५ रन जोडे । नेपालले ३६ ओभरमा ११२ रन जोड्दा ८ विकेट गुमाएपछि वर्षाले खेल रोकिएको छ । 
 
यसअघि लगातार विकेट गुमाएको नेपालका लागि नवौं विकेटका लागि आक्रामक साझेदारी गर्ने क्रममा शक्ति गौचन र सोमपाल कामीले आक्रामक खेल्दै दर्शकलाई खुशी बनाएका छन् । 
 
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा नेपालले आठौं विकेटका रुपमा बसन्त रेग्मीलाई व्यक्तिगत ६ रनमा गुमायो ।
 
सातौं विकेटका रुपमा डेब्यु खेलाडी दीपेन्द्र सिंह ऐरीलाई व्यक्तिगत १९ रनमा गुमायो । 
 
छैटौं विकेटका रुपमा मेहबुब आलमलाई २ रनमा गुमायो ।
 
पाँचौं विकेटका रुपमा विनोद भण्डारीलाई व्यक्तिगत ४ रनमा गुमायो । 
 
त्यस्तै चौथो विकेटका रुपमा शरद भेषवाकरलाई व्यक्तिगत ३ रनमा गुमायो । शरदले १७ बल खेल्दा मात्र ३ रन बनाए । 
 
त्यस्तै तेस्रो विकेटका रुपमा सागर पुनलाई २३ बलमा व्यक्तिगत १० रनमा गुमायो । 
 
नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २७ रनमा गुमायो । उनले ५ चौकाको मद्धतले ३५ बलमा २७ रन जोडे । 
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाललाई पहिलो विकेटको रुपमा राष्ट्रिय टिमका लागि डेब्यु गरेका २२ वर्षे युवा सुनील धमलालाई व्यक्तिगत ३ रनमा गुमायो । 
 
दीपेन्द्र सिंह ऐरी छन् । ऐरीले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । 
 
यता, कप्तान पारस खड्का, अविनाश कर्ण र आरिफ शेख भने बाहिरिएका छन् । पारसको यसै महिनाको सुरुमा पेटको शल्यक्रिया भएको थियो । उनी अभ्यास खेलका लागि भारत पनि गएका थिएनन् । 
 
यसैबीच युवा खेलाडी सुनील धमला र दीपेन्द्र सिंह ऐरीले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका छन् भने पुराना खेलाडी मेहबुब आलम टिममा फर्केका छन् । वर्षाले गर्दा ढिला गरी सुरु भएको खेल ३८ ओभरमा झारिएको छ । 
 
बिहान ९ः१५ देखि हुनुपर्ने खेल वर्षाले गर्दा ढिला गरी सुरु भएको हो । दर्शक भने बढ्दै गएका छन् । ११ हजार बढी टिकट बिक्री भएको जनाइएको छ । 
 
मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसोपछिमात्र मौसममा सुधार हुने बताइरहँदा फेरि वर्षा हुने सम्भावना टरेको छैन ।
 
आज र सोमबार गरी दुई खेल खेल्न केन्या नेपालमा आएको हो । शीर्ष चारभित्र अटेर विश्वकप छनोटमा छानिन पनि नेपाललाई यो खेल जित्नैपर्ने छ ।
 
वर्षाले खेल हुन नसके सबैभन्दा बढी घाटा नेपाललाई हुनेछ । आठ टोली सहभागी प्रतियोगिताका शीर्ष चारमा पुग्ने टिमले विश्वकप छनोट खेल्न पाउने भएकाले ६ अंकसहित छैटौं स्थानमा रहेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । त्यस्तै केन्या ८ अंकसहित पाँचौं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ