arrow

किन दिल्ली जान लागे निधी ?

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
nidhibalendra.JPG.jpeg
काठमाडौं । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागि एक नेपालीको मृत्यु भएको साता दिन नवित्दै उपप्रधान तथा गृहमन्‍त्री बिमलेन्द्र निधी आगामी सोमबार भारत भ्रमणमा जाने भएका छन्। पूर्व निर्धारित आतंकवाद प्रतिवाद सम्बन्धी तेस्रो सम्मेलनमा भाग लिने क्रममा निधी दिल्ली जान लागे पनि उनको भ्रमण राजनीतिक रुपले अर्थपूर्ण हुने बताइएको छ।
 
दिल्लीमा रहँदा उनले विदेशमन्‍त्री सुष्मा स्वराजलगायतका उच्च अधिकारीसँग सीमामा भएको गोलीकाण्ड र नेपालको पछिल्लो अवस्थाका बारेमा चर्चा गर्नेछन । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताका लागि पहल भएपनि निश्‍चित भइसकेको छैन। सडकबाट मधेसी मोर्चालाई संसद्‌मा फर्काउन र संविधान संशोधनलाई संसद्‌मा प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निधीको दिल्ली भेटवार्तालाई समेत अर्थपूर्ण रुपमा हेरिएको छ। निधीको भारतीय संस्थापनसँग राम्रो रहेको मानिन्छ ।
 
उपप्रधान तथा गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले आतंकवादविरुद्धको सम्मेलनमा भाग लिनका लागि भारत जान लागेको जानकारी दिदै भने, ‘भ्रमण क्रममा राजनीतिक भेटघाट हुनसक्छ।’
 
मधेसको विरोधबीच नै सरकारले स्थानीय चुनावको घोषणा गरेको छ भने मधेसवादी दलहरु चुनावमा सहभागी नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् र मधेस फेरि अशान्त बनेको छ। यो राजनीतिक गतिरोध फुकाउन निधीले के शुत्र अगाडी सार्लान र सरकारलाई चुनावका लागि सहज बनाउलान  धेरैले कुरिरहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ